• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनका १२५ जना पत्रकारले गरे आँखा परीक्षण धेरैमा दृष्टि दोषको समस्या, चस्मा लगाउन सिफारिस

  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नेपाल पत्रकार महासंघ र नेपाल नेत्र ज्योति संघको स्थापना दिवसको सन्दर्भमा गरिएको आँखा शिविरमा पत्रकारहरुले आँखा परीक्षण गराएका छन् । चितवनका पत्रकारहरुले भरतपुर आँखा अस्पतालमा आँखा परीक्षण गराएका हुन् । १ सय २५ जना पत्रकारको आँखा परीक्षण गरिएको थियो । आँखा रोग विशेषज्ञ डाक्टर हिमाल गिरीले अधिकाँस पत्रकारहरुमा दृष्टि दोषको समस्या देखिएको बताए । मोवाइल, ल्यापटप, कम्प्युटरमा बढी काम गर्नुपर्ने भएकाले आँखाको दृष्टि कमजोर बन्न लागेको पाइएको बताए ।

    कुनैपनि वस्तुलाई राम्ररी ठम्याउन नसक्ने समस्यालाई दृष्टि दोषको समस्या भन्ने गरिन्छ । टाढाको दृष्टीदोष भएकालाई प्लस पावरवाला चश्मा र नजिकको दृष्टीदोष भएकालाई ‘माइनस’ पावरवाला चश्मा सिफारिस गरिएको बताए । केही पत्रकारहरुको आँखामा सुख्खापन पाइएको बताए । सुगर, प्रेसरका कारणले पनि केहीमा आँखामा नकरात्मक असर परेको पाइएको बताए । शिविरमा नेपाल पत्रकार महासंघको सदस्यता लिएका र क्रियाशिल पत्रकारहरुको आँखा परीक्षण गरिएको थियो ।

    नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकारहरुको आँखा स्वास्थ्यको अवस्था पत्ता लगाउन शिविर उपयोगी भएको बताए । आँखा संवेदनशिल अंग भएकाले आँखा सुरक्षामा ख्याल गर्नुपर्नेमा जोड दिए । धेरै समयसम्म डिजिटल उपकरणको प्रयोग र पर्याप्त विश्रामको कमीले गर्दा आँखाको समस्या भोग्नुपरेको बताए । नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य चिजकुमार मास्केले पत्रकारहरुको आँखा उपचारमा आजिवन सदस्य सरह ४० प्रतिशत छुट दिइने घोषणा गरे ।

    शिविरमा चस्मा लगाउन सिफारिस भएका पत्रकाहरुलाई चस्मा समेत वितरण गरिएको थियो । चस्मा, औषधि निशुल्क उपलब्ध गराइएको थियो । उनले डिजिटल उपकरण प्रयोग गर्दा उचित दूरी व्यवस्थापन, प्रयाप्त पानी खाने, चस्माहरुको प्रयोग गर्न सुझाए । उनले कम्प्युटर स्क्रिन आफ्नो आँखाबाट २० देखि २६ इन्च टाढा र आँखास्तरभन्दा तल राख्न समेत सुझाए । आँखा शिविर कार्यक्रमका संयोजक पत्रकार विप्लव काफ्लेले २ जना जेष्ठ पत्रकारहरुको मोतियाविन्दुको शल्यक्रिया गर्नपर्ने पाइएको बताए । उनका अनुसार आँखामा केही जटिल समस्या देखिएका पत्रकारहरुलाई फलोअपका लागि बुधबार भरतपुर आँखा अस्पताल बोलाइएको जानकारी दिए ।

    कार्यक्रममा नेपाल नेत्र ज्योति संघ चितवनका सभापति कृष्णराज धरेल, बागमती प्रदेश सभापति एवम् केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल, डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर सिदार्थलाल चुके, पूर्वगर्भनर प्रभातकुमार जोशी, संघका केन्द्रीय उपसभापति जयराम श्रेष्ठ, अस्पतालका प्रशासक दयाशंकर चौधरी, पत्रकार महासंघ चितवनका सल्लाहकार तिलकराम रिमाल, निर्वतमान अध्यक्ष राधेश्याम खतिवडा, पूर्वअध्यक्ष जनक अर्याल, विष्णु छिमेकी लगायतको सहभागिता रहेको थियो । २०१२ चैत १६ गते स्थापना भएको नेपाल पत्रकार संघ पछि २०५३ जेठ २९ मा महासंघमा रुपान्तरण भएको थियो ।

    महासंघले चैत १६ गते ६८ औँ स्थापना दिवस मनाउँदै छ । १३ गते नेत्रज्योति दिवस र १८ गते नेत्र ज्योति संघको स्थापना दिवस मनाइदै छ । भरतपुर आँखा अस्पताल २०४४ साल चैत १८ गते स्थापना भएको थियो । अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा लगायतका सेवाहरु दिदै आइरहेको छ । अस्पतालमा दैनिक ८ सय जनाले आँखा उपचार सेवा लिदै आएका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.