• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा

  •   सोमबार, चैत १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पर्वत । पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन । गत वर्षदेखि जिल्लका १३ स्वस्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी कार्यक्रम अघि बढाइएको थियो । विभिन्न समस्यामा परेका किशोर–किशोरीलाई स्वस्थ्य सेवा परामर्शमार्फत समाधान गर्नका लागि यो कार्यक्रम सञ्चालन सुरु गरिए पनि दक्ष जनशक्ति, उचित व्यवस्थापन, गोपनीयता र सूचना तथा सञ्चारको अभावले कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको हो ।

    पछिल्लो समय किशोर–किशोरीमा मानसिक समस्या, लागुऔषध दुव्र्यसनी, सडक दुर्घटना, आत्महत्याको समस्या बढ्दै जाँदा समाजमा विभिन्न घटना घट्दै गएका छन् । स्वास्थ्य संस्था र विद्यालयको बीच आवश्यक समन्वय र सहकार्य नहुँदा पनि किशोर–किशोरीमा यस्ता समस्या बढ्दै गएको स्वस्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । उचित समयमा परामर्श भएमा खतराबाट मुक्त हुन सक्ने परामर्शताको भनाइ रहेको छ । जिल्लामा हाल १० देखि १९ वर्षसम्मका करिब २१ हजार किशोर–किशोरी रहेको तथ्याङ्क छ ।

    जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा २० वर्षमुनिका आठजनाले आत्महत्या गरेका छन् भने दुई जना लागुऔषधमा पक्राउ परेका छन् । त्यसैगरी जिल्ला अस्पतालको तथ्याङ्कअनुसार २० वर्षमुनिका २६ किशोरीले गर्भपतन सेवा लिएका छन् । किशोरीलाई घरपरिवारबाट समय मानै उचित परामर्श सेवा सेवा दिनसकेमा पनि केही समस्या घट्न सक्ने स्वास्थ्य कार्यालयको भनाइ रहेको छ । किशोर–किशोरीको भविष्यसँग जोडिएको स्वास्थ्य सेवामा अन्य सङ्घसंस्थाको भूमिकासमेत न्यून रहेको पाइएको छ ।

    विभिन्न सङ्घसंस्थाले यो कार्यक्रमलाई प्रभावकारी गराउन पहल गरेमा किशोर–किशोरीमा देखिने समस्य तथा हुनसक्ने घटना न्यूनीकरण हुने जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विकले बताउनुभयो । स्वास्थ्य कार्यालयले आयोजना गरेको किशोर–किशोरीमैत्री स्वस्थ्य सेवा समीक्षा कार्यक्रममा उहाँले किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रम गाउँ तहसम्म पु¥याउनुपर्ने तथा विशेष गरी विद्यालयमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    किशोर–किशोरीलाई सेवा दिँदा गोपनीयता र विश्वसनीयताको अभावमा पनि कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै सेवा प्रदान गर्दा संवेदनशील हुनपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा कार्यक्रम सञ्चालन गर्दा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.