• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

सरकार परिवर्तनले समृद्धिमा बाधा : मुख्यमन्त्री अधिकारी

  •   सोमबार, चैत १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीको छौटाँै जिल्ला सभामा उहाँले लामो समयदेखि राजनीतिक अस्थिरता कायमै रहेका कारण नेपाल विकास निर्माण र समृद्धितर्फ अगाडि बढ्न नसकेको बताउनुभयो । “राजनीतिक पार्टीबीचमा सत्ताका लागि खिचातानीका साथै संसद्मा बहुमत र अल्पमतको खेलका कारण नयाँ बन्ने सरकारले लामो समय काम गर्न नपाउनुले नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न सकेको छैन”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएका कारण केही मात्रामा भए पनि स्थानीयस्तरका कार्यक्रम तथा योजनाले पाँच वर्षका लागि भए पनि निरन्तरता पाएको छ ।”

    प्रतिनिधिसभा र प्रदेशसभाबाट बन्ने सरकार छोटो समयमा उदय र विलय हुने थलो बनेको बताउँदै उहाँले अब जुनसुकै दल सरकारमा गए पनि हामीले बनाएको कानूनलाई पालना गरी इमान्दारीपूर्वक जनताको सेवामा जुट्न जोड दिनुभयो । “लोकतन्त्र, बहुजाति, बहुभाषा र बहुसंस्कृति भएको देशमा मेलमिलापको बाटोबाट नै सरकार र दल अगाडि बढ्नुको विकल्प छैन”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “साझा अधिकारका सूचीअन्तर्गत कानून निर्माणमा दलले सक्रिय चासो नदेखाएका छैनन्, त्यसतर्फ आमी सबैको ध्यान जान जरुरी छ ।” जिल्ला समन्वय समिति निर्माण भए पनि अधिकार केही नदिँदा कामै गर्न नसक्ने अवस्था भएको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो, “छ वर्ष बितिसक्दा पनि जिल्ला समन्वय समितिलाई अधिकार सम्पन्न नबनाउँदा विकास निर्माणका कार्यमा भएको अनियमितता नियन्त्रण हुन सकेको छैन ।” प्रदेश सरकारले शिक्षाको पाठ्यक्रमलाई सुधार गर्दै अगाडि बढ्न लागेको जानकारी दिँदै उहाँले गण्डकी प्रदेशअन्तर्गत जिल्लामा ८ र ९ कक्षामा विद्यार्थीका लागि प्रयोगात्मक तथा विशेष सीपका कार्यक्रम समेटेर लैजाने उहाँले बताउनुभयो । सङ्घीय सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिव नेपालीले आमनागरिकलाई प्रत्याभूति हुने गरी तीनै तहको सरकारले आफ्ना काम कारबाही अगाडि बढाउन सुझाव दिनुभयो ।

    उहाँले जिल्ला समन्वय समितिले पारदर्शीरूपमा आफ्ना गतिविधि अगाडि बढाउँदै विकास निर्माण कार्यमा समन्वयकारी भूमिका खेल्न सुझाव दिनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जिल्ला समन्वय समितिले प्रदेश र स्थानीय सरकारले गर्ने विकास निर्माणको कार्यमा समन्वयकारी भूमिका खेल्नुको साथै विकास निर्माणको कार्यमा पारदर्शिता भए नभएको बारेमा प्रभावकारीरूपमा अनुगमन गर्न सुझाव दिनुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कास्कीबाट निर्वाचित जनप्रतिनिधिको सहभागिता रहेको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.