काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरस कोभिड– १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। संक्रमित मध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २८ हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६३ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार २७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार २०१ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ८२६ रहेका छन् । अहिले क्वारेन्टाइनमा ४ हजार ७०३ रहेका छन् । आज १० हजार ३८२ जनाको पिसिआर परिक्षण गरिएको छ ।








