• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

तीन दशकपछि चैतेदशैँ मेला

  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पर्वत । कुश्मा नगरपालिका–१२ बाटुलेचौर स्थित कालिका मन्दिरमा तीन दशकपछि चैतेदेशैँ मेला लागेको छ । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको सो मन्दिर परिसरमा चैत्राष्टमीका अवसरमा मेला लागेको हो । चैतेदशैँ मेलालाई वडा कार्यालयले पुनःजागरण गर्दै यस वर्षदेखि पुनः सुरुआत गरेको हो । चैतेदशैँ अवधिभर मन्दिरमा पूजाआजा, बलि दिने, भजनकीर्तनलगायतका कार्यक्रम सुरु भएको वडाध्यक्ष झलक रिमालले जानकारी दिनुभयो ।

    राजा दशरथले आफ्ना भाञ्जा श्रवणकुमारको हत्या गरेको पाप मोचन गर्न बाटुलेचौरमा आएर अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिरको निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । भृगु ऋषिको तपस्या स्थलसमेत मानिने सो ठाउँमा रहेका विभिन्न सम्पदाको समेत संरक्षण नहुँदा चोरी भएका छन् ।

    पछिल्लो समय मन्दिरको संरक्षण र संवद्र्धनमा व्यवस्थापन समितिले समेत सक्रियता देखाएको छ । करिब दुई सय वर्ष पुराना संरचना भएको भए पनि विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले निर्माण गर्नुभएपछि नियमित पूजा हुँदै आएको यो मन्दिरमा अहिले पनि नेपालका विभिन्न जिल्लाबाट पूजाआजा गर्न दर्शनार्थी पुग्ने गर्दछन् ।

    आजभन्दा तीन दशकअघिसम्म चैतेदेशैँ र बडादशैँको अवसरमा ठूलो मेला लाग्दथ्यो । हप्ताँै दिनसम्म ठूलो हाटबजार समेत लाग्ने गरेको थियो । तर पछिल्लो समयमा लोप हुँदै गएको मेला मन्दिर परिसरको व्यवस्थापन, साजसज्जा, बरपिपलको वृक्षरोपण गरिएपछि पुनः सुरु गर्न थालिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलले बताउनुभयो ।

    विगत चार वर्षअघि तीनदिने मेला सञ्चालन हुँदा पनि हजारौँ दर्शकको सहभागिता रहेको थियो । यस वर्षदेखि हरेक चैत्राष्टमी र वडादशैँमा व्यवस्थित मेला सञ्चालन गरी यस क्षेत्रको प्रचार–प्रसार र प्रवद्र्धन गर्न थालिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

    ठूलो महत्व बोकेको र हजारौँ दर्शनार्थी आउने मन्दिरको संरक्षणमा पर्याप्त बजेट विनियोजन नहुँदा काम गर्नसमेत समस्या हुने गरेको व्यवस्थापन समितिको भनाइ छ । प्राचीन मूर्तिहरू रहेको मन्दिरमा विसं २०३२ मा कालिकाको बहुमूल्य मूर्तिसमेत चोरी भएको र हालसम्म कहीँकतैबाट फेला पार्न नसकिएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष राजेश पौडेलले बताउनुभयो । साथै मन्दिरबाट पुरातात्विक महत्वका हातहतियार, पुरान शङ्ख, घन्टीलगायतका सामान र मूर्तिसमेत हराएका छन् ।

    पुरातत्व विभागले पुराना मठमन्दिर तथा पुरातात्विक संरचनाको संरक्षणमा करोडौँ रुपैयाँ खर्च गर्ने भए पनि कालिका मन्दिरमा भने कुनै चासो नदिएको मन्दिर संरक्षण समितिले जनाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.