काठमाडौं: नोवल कोरोना (कोभिड-१९) भाइरसको माहामारीका कारण घोडेजात्रा समारोह स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोनाको जोखिमलाई मध्येजनगर गरेर घोडेजात्रा स्थगन गरिएको जानकारी दिए। घोडेजात्राको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश र घोडेजात्राको अभ्यासको क्रममा छायाँकन गरिएको कार्यक्रममा नेपाल टेलिभिजनबाट प्रसारण गरिने सेनाको विज्ञप्तिमा उल्लेख छ ।कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणमा सेनाको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रवक्ता पाण्डेको भनाइछ ।








