चितवन । भरतपुर २ मा रहेको सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेडले स्थापना दिवसको अवसरमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा १६जना महिलासहित ८५ जनाले रक्तदान गरेका छन् ।
साकोसका व्यवस्थापक खगेन्द्र घिमिरेका अनुसार २०६८ सालमा स्थापना भएको उक्त साकोसले प्रत्यक वर्ष स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान आयोजना गर्दै आएको हो । यस वर्ष पनि स्थापना दिवसको अवसर पारेर साकोसले रक्तदानलगायत विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
केही दिन अगाडि सकोस सञ्चालक समिति, कर्मचारी र उपसमितिमा रहेका सदस्यहरुको लागि दुई दिवसीय कार्ययोजना तर्जुमा कार्यशाला पनि आयोजना गरेको थियो । भरतपुर २ क्षेत्रपुरमा मुख्य कार्यालय रहेको उक्त सकोसले भरतपुर १६बिजयनगर, भरतपुर १५ फुलवासीमा सेवा केन्द्र सञ्चालनमा छन् । एक हजार ६८० शेयर सदस्यहरु रहेको उक्त साकोस जिल्ला भित्रको उत्कृष्ट साकोस मध्येमा गनिन्छ ।








