• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल

  •   बुधबार, चैत १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगत लामो समयदेखि गरिएको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सकारात्मक पहलमा भरतपुर अस्पताललाई न्याम्सको आङ्गिक शिक्षण अस्पताल बनाउन सकिएको बताउनुभयो । “यसले अस्पतालको गुणस्तर बढाउनुका साथै भरतपुरलाई मेडिकल सिटी बनाउनसमेत सहयोग गर्ने छ । यहाँबाट विद्यार्थीले अध्ययन गर्न पनि पाउने छन्”, उहाँले भन्नुभयो ।

    गतवर्ष अस्पतालको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री दाहालले अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्ने बताउनुभएको थियो । मन्त्रीपरिषद्को उक्त निर्णयसँगै बिरामीले २४ सैँ घण्टा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले अहिले पनि न्याम्सका कार्यक्रम आंशिक रुपमा सञ्चालन हुँदै आएको बताउँदै अब आङ्गिक बनेसँगै सबै कार्यक्रम पूर्णकालीन सञ्चालन हुने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “न्याम्ससँग पूर्णकालीन गर्ने यसअघि सम्झौता भइसकेको छ । मन्त्रीपरिषद्को यो निर्णयसँगै एमडि एमएसका कार्यक्रम धेरै र लामो समयसम्मका लागि आउँछन् । यहाँका चिकित्सकलाई प्राध्यापनको अनुमति दिनुपर्छ”, उहाँले भन्नुभयो । अस्पतालका निवर्तमान अध्यक्ष डा भोजराज अधिकारीले सबैको अथक मेहनतका साथ भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “१२ वर्ष अघिदेखिको सपना पूरा भएकोमा हर्षित छु ।

    हामी सबै मिलेर सरकारको यो ऐतिहासिक निर्णयलाई कार्यान्वयन गरी मेडिकल सिटी बनाउन थप योगदान गरौँ ।” भरतपुर अस्पताल अहिले केन्द्रीय अस्पतालको रूपमा सञ्चालनमा छ । शिक्षण अस्पताल बनाउन माग गर्दै वर्तमान अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा पौडेल, निवर्तमान अध्यक्ष डा अधिकारीलगायतको टोलीले केही दिन पहिले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरेका थिए । अस्पतालका अध्यक्ष पौडेलले शिक्षण अस्पताल बनेसँगै एमडी÷एमएससहित विभिन्न विधामा अध्यापन गराइ नेपालकै उत्कृष्ट अस्पताल बनाउने सपना रहेको बताउनुभयो ।

    उहाँले शिक्षण अस्पताल बनाउन सहमति दिएकोमा सरकारलाई विशेष धन्यवाद दिनुभयो । भरतपुर अस्पतालमा २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यो अस्पताल राजधानी बाहिरको नमुना अस्पतालको रूपमा विकास हुँदै गएको छ । शिक्षण अस्पताल बनेसँगै चिकित्सक विज्ञानमा स्नातकोत्तर अध्ययन गर्नेहरुले २४ घण्टा बिरामीको सेवा गर्नेछन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.