• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि सशस्त्रका सुरजलाई

  •   शनिबार, चैत १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन, २०७९ को उपाधि सशस्त्र प्रहरीका सुरज रानामगरले प्राप्त गर्नुभएको छ । उहाँले निर्धारित ६५ किलोमिटर दूरी एक घण्टा ५४ मिनेट ३८ सेकेन्डमा पार गर्दै उपाधि हात पार्नुभएको हो । दिवङ्गत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिका स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष साइक्लिङ म्याराथनको आयोजना गर्दै आएको छ । म्याराथनमा सात विधामा खेलाडीले उपाधि हात पारेका छन् । प्रतिष्ठानले आगामी वर्षदेखि अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानका अध्यक्ष रेनु दाहालले जानकारी दिनुभयो ।

    सात विधामा भएको म्याराथनमा पुरुष इलाइटतर्फ सशस्त्र प्रहरी बलका सुरज रानामगरले पहिलो स्थान हात पर्नुभएको हो । मगर गत वर्षको समेत विजेता हुनुहुन्छ । उहाँले उपाधिसँगै नगद रु ५० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै नेपाल त्रिभुवन आर्मी क्लबका सुरेश भुजेलले एक घण्टा ५४ मिनेट ३८ सेकेन्ड ५२ मिलीसेकेन्डमा पारे गर्दै दोस्रो स्थान हासिल गरी नगद रु ४० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो । पुरुषतर्फको तेस्रो स्थान अमेरिकी नागरिक केलेभ हब ब्याण्डले प्राप्त गर्नुभयो । उहाँले नगद रु ३० हजार शिल्ड र प्रमाणपत्र हात पार्न सफल हुनुभयो ।

    यस्तै काभ्रेका अच्युतकृष्ण खरेल र नेपाल आर्मीकै हिमाल थनेतले क्रमशः चौथो र पाँचौँ स्थान हासिल गर्नुभयो । यसैगरी महिला इलाइटतर्फ काठमाडौँकी लक्ष्मी मगरले एक घण्टा ५७ मिनेट १७ सकेन्डमा सो दूरी पार गर्दै महिलातर्फको पहिलो उपाधि हासिल गर्नुभयो । उहाँ साउथ एसियन खेलकुदको गोल्ड मेडलिष्ट हुनुहुन्छ । प्युठानकी हुमी बुढामगरले दुई घण्टा ११ मिनेट ४५ सेकेन्ड निर्धारित दूरी पार गरी दोस्रो बन्नुभयो । इन्द्रकुमारी तामाङ दुई घण्टा २८ मिनेट ४४ सेकेन्डमा पार गर्दै तेस्रो बन्न सफल हुनुभयो ।

    यस्तै पुरुष मास्टरतर्फ हर्क लामाले निर्धारित दूरी एक घण्टा ५७ मिनेटमा पार गर्दै उपधि हात पार्नुभयो । विकास महर्जनले एक घण्टा ५७ मिनेट पाँच सेकेन्डमा पार गर्दै दोस्रो र बाँकेका देवबहादुर बोहराले दुई घण्टा सात मिनेट १४ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हात पार्न सफल हुनुभयो । यसैगरी पुरुष जुनियरतर्फ मोरङका किरण लिम्बूले एक घण्टा ५५ मिनेट ३९ सेकेन्डमा निर्धारित दूरी पार गरी प्रथम स्थान हात पार्नुभयो । ललितपुरका अश्विन खत्रीले दुई घण्टा १२ मिनेट तीन सेकेन्डमा सो दूरी पार गरी दोस्रो बन्नुभयो भने नवलपुरका सचिन सहनीले दुई घण्टा २४ मिनेट २५ सेकेन्डमा पार गर्दै तेस्रो बन्नुभयो ।

    यस्तै महिला जुनियरतर्फ सुनसरीकी विदिशा चौधरी पहिलो, बाँकेकी साया थापा दोस्रो र चितवनकी निति गुरुङ तेस्रो बन्नुभयो । यसैगरी चितवन विशेष पुरुषतर्फ प्रनित थापा प्रथम, रोनिश कर्मचार्य दोस्रो र सन्दीप श्रेष्ठ तेस्रो बन्नुभएको थियो । यस्तै महिलातर्फ मेरिना रानामगर पहिलो, जुना श्रेष्ठ दोस्रो र नीति गुरुङ तेस्रो हुनुभयो । प्रतियोगितामा देशभरबाट ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले बागमती प्रदेश सरकारले खेलकुद विकासका नयाँ रणनीतिका साथ अगाडि बढेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकासबाटै बागमती प्रदेशमा समृद्धि हासिल हुने बताउनुभयो ।

    यस्तै प्रतिष्ठानका अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको रफ्तारमा अगाडि बढेको भरतपुरले खेलकुदको विकासमा समेत नयाँ फड्को मार्ने क्रममा रहेको बताउनुभयो । भरतपुरलाई साइकल सिटीका रूपमा विकास गर्न साइक्लिङ म्यानराथन महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.