• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लुम्बिनी । दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पु¥याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहँुका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ ।”

    कोटहीमाई–३ का सफिक अन्सारीले बुधबार र बिहीबार दुई दिन काटेर थ्रेसिङका लागि थुपार्नुभएको गहुँ वर्षाले भिजेको छ । “खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँँलाई पानीले भिजाएपछि कुहिने डर छ”, उहाँले भन्नुभयो, “दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौँ ।” कोटहीमाई गाउँपालिका रुपन्देहीका कृषि शाखा प्रमुख जितेन्द्र आर्यले अहिले कोटहीमाईका किसानले पाँच प्रतिशत गहुँमात्र भित्र्याएका बताउनुभयो । उहाँले भन्नुभयो, “हवारीहुरीले खेतमै ढलेको गहुँ ७५ प्रतिशत र काटेर एक ठाउँमा थुपारेको गहुँबालीमा २५ प्रतिशतसम्म क्षति हुने सम्भावना छ । अहिलेको वर्षाले किसान धेरै चिन्तित बनेको उहाँको भनाइ छ ।

    “यसरी कृषिबाली नष्ट भइरहँदा किसानलाई आपत्कालीन राहत र क्षतिपूर्तिको व्यवस्था छैन”, उहाँले भन्नुभयो, “जल तथा मैसम विज्ञान विभागले बेमौसमी अवस्थाबारे कृषकलाई पूर्वसूचना गरेको भए क्षति केही न्यूनीकरण सकिन्थ्यो कि ?” कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रवक्ता तथा कृषि प्रसार अधिकृत अनिल कानु बनियाँका अनुसार बेमौसमी वर्षात्, हावाहुरी र असिनाले यस वर्ष अनुमानित चार प्रतिशतसम्म उत्पादन घट््न सक्ने सम्भावना छ । अहिलेसम्म रुपन्देहीमा करिब १० प्रतिशत गहुँमात्र किसानले भित्र्याउन सकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा र हावाहुरीले खेतमा लडेको र भिजेको गहुँ अधिकांश कालो भएर बिग्रिने सम्भावना रहेको छ ।”

    खेतमा ढलेको गहुँ कम्बाइन मेसिनबाट काट्न समस्या हुने भएकाले गहुँ भित्र्याउने कार्यसमेत खर्चिलो भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पानीले भिजिसकेको गहुँ सुक्खा गहुँभन्दा कम क्षमताको हुन्छ र भिजेको गहुँ धेरै दिन भण्डार गर्दा बिग्रिएर जान्छ ।” बेमौसमी पानीले भिजेको गहुँको वा नष्ट भएको गहुँको निश्चित तथ्याङ्क विभिन्न पालिकासँग समनव्य गरी सङ्कलन गरिरहेको उहाँले बताउनुभयो । यस वर्ष रूपन्देही जिल्लामा २६ हजार सात सय दुई हेक्टर जमिनमा गहुँखेती लगाइएको केन्द्रले जनाएको छ ।

    प्रवक्ता बनियाँले भन्नुभयो, “सिँचाइ र उन्नत बीउबिजनसमेतको प्रयोगले यस वर्ष उत्पादकत्व बढ्ने आकलन भइरहँदा वर्षाले केही बिगारेको छ ।” गत वर्ष २६ हजार छ सय ८० हेक्टर जमिनमा गहुँखेती भएको र कुल उत्पादन एक लाख दुई हजार दुई सय ५० मेट्रिक टन भएको उहाँले बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.