• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर

  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफेसिएल इन्टिलिजेन्ट–एआई) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता हुन्छ । गुगल, माइक्रोसफ्ट, लेनोभो जस्ता सूचना प्रविधिसँग प्रत्यक्ष सरोकार राख्ने हार्डवेयर तथा सफ्टवेयर उत्पादकहरू एआईमा काम गरिरहेका छन् । इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिको च्याटजिपिटी निकै चर्चित छ । च्याटजिपिटीले सूचना सङ्कलन गरेर नयाँ ढङ्गले सूचना प्रस्तुत गर्नका लागि जेनेरेटिभ एआई प्रविधिको प्रयोग गर्छ, अर्थात ओपन सोर्समार्फत सूचनाहरू निर्माण गर्ने काम गर्छ ।

    यसै प्रविधिमार्फत नेपाली चलचित्रको पोस्टरसमेत तयार गरिएको छ । प्रिक्सा टेक्नोलोजीले डेभलप गरेको रिरी (एआई) बाट चलचित्र ‘बहाव’ को पोस्टर तयार गरिएको छ । मुख्य पात्र सुरक्षा पन्तको तस्बिर र कथावस्तुको जानकारी राखिएपछि रिरीले तयार गरेको पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको छ । परीक्षणमै रहेको रिरीमार्फत तयार भएको पोस्टर कथावस्तुको भावअनुसार नै रहेको निर्माता श्रीधर पौडेलले जानकारी दिनुभयो । “केही नयाँ गरौँ भन्ने भावले एआईको सहायताले पोस्टर तयार गर्यौँ ।

    परीक्षणमै रहेको आएको नतिजाले हामी उत्साहित छौँ”, निर्माता पौडेलले भन्नुभयो, “यसले आगामी दिनमा आत्मनिर्भर चलचित्रकर्मीलाई सहायता पुग्नेमा विश्वस्त छु । प्रविधिसँगै अगाडि बढ्ने क्रममा गरिएको परीक्षण सफल भएको छ ।” उहाँले रिरी अहिले परीक्षणमै रहेकाले सार्वजनिक सेवाका निमित उपलब्ध नभएको जानकारी दिनुभयो । निर्माता पौडेलले यस अगाडि नेपाल सरकारबाट प्रदान गरिने ‘राष्ट्रिय पुरस्कार’ प्राप्त चलचित्र ‘गोपी’ निर्माण गर्नुभएको थियो ।

    परीक्षण सफल भएमा आगामी दिनमा प्रिक्साले निःशुल्क वा शुल्क निर्धारण गरेर सेवा दिने तयारी गरिरहेको जानकारी दिएको छ । चैत २४ देखि प्रदर्शन हुने ‘बहाव’ को प्रचारशैली भौतिकको तुलनामा डिजिटल प्रविधिमा बढी केन्द्रीत देखिएको छ । प्रमोद कँडेल निर्देशित ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित चलचित्रमा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले अभिनय गर्नुभएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.