• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ट्रेड टावर मुख्यमन्त्रीद्वारा शिलान्यास

  •   सोमबार, चैत २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दाङ । तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ निर्माण हुन लागेको तुलसी ट्रेड टावर निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले आज उक्त टावर शिलान्यास शिलान्यास गर्नुभयो । पाँच महिनाअघि नै सो टावर निर्माण थालिएको थियो । दाङलाई पर्यटनको केन्द्रको रूपमा विकास गर्न ट्रेड टावरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै मुख्यमन्त्री गिरीले दाङ ठूलो उपत्यका भएको र चुरे महाभारत शृङ्खला पनि रहेकाले हिलस्टेशनका रूपमा अघि बढाउन पनि सकिने बताउनुभयो ।

    उहाँले कोइलाबासबाट सुरुङमार्ग निकालेर दाङ उपत्यका पु¥याउन सकिने योजनाबारे पनि चर्चा गर्नुभयो । पत्रकारको एक प्रश्नको जवाफमा मुख्यमन्त्री गिरीले आफूले विश्वासको मत नपाए संसद्को ठूलो दलले मुख्यमन्त्री पाउने बताउनुभयो । मुख्यमन्त्री गिरीले केही समयमै विश्वासको मत लिने बताउनुभयो । गत चैत १२ गते माओवादीलगायत दलले उहाँलाई दिएको समर्थन फिर्ता लिएका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उपमहानगरपालिकाकै जग्गामा ठूलाठूला घर बनाएर बेचबिखनका काम भइरहेको बताउनुभयो ।

    उहाँले ती घर छोडाउनका लागि बारम्बार भनिए पनि सम्बद्ध व्यक्तिले अटेर गरेकाले जग्गा खाली गराएरै छोडिने जानकारी गराउनुभयो । अहिलेसम्म उपमहानगरपालिकाको जग्गामा घर बनाएकाहरूले कर नतिरेको र भाडा पनि नदिएकाले त्यस्ता व्यक्तिलाई सम्मान गर्न नसकिने उल्लेख गर्दै उपमहानगर प्रमुख खड्काले मिचिएका घर खाली गराएर जग्गा भाडामा दिइ आम्दानी लिने तयारी रहेको उल्लेख गर्नुभयो । सोही उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले रु १४ करोड ४२ लाखको लागतमा बहुउद्देश्य व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको बताउनुभयो । जहाँ लिफ्टसहित सात तलाको टावर निर्माण हुनेछ ।

    साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावर निर्माणको काम तीन वर्षमा पूरा गर्नेगरी ठेक्का सम्झौता भएको छ । रु २३ करोडमा टेन्डर आह्वान गरिएकामा समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक साढे १४ करोड निर्माण सक्ने गरी ठेक्का पाएको थियो कूल लागतमध्ये ७० प्रतिशत रकम नगरविकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । त्यसमा भूमिगत गाडी पार्किङ पनि निर्माण गरिने भएको छ ।

    उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा जमिनमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङका साथै विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट पनि सञ्चालनमा आउनेछन् । उक्त भवन २०८१ चैत मसान्तसम्म सक्नेगरी सम्झौता भएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.