• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

‘ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ’

  •   मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वीरगञ्ज । मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ठोरीमा आयोजित ठोरीको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका तथा सम्मान कार्यक्रममा उहाँले ठोरीलाई प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुरु योजना बनाइरहेको जानकारी दिनुभयो ।

    “बजेटमात्र दिएर पर्यटकीय क्षेत्रका रूपमा विकास हुन सक्दैन, त्यसका लागि मास्टर प्लान महत्वपूर्ण कुरा हो”, उहाँले भन्नुभयो, “त्यसैले हामी ठोरीसहित प्रदेशभरिका पर्यटकीय क्षेत्रहरूको मास्टर प्लान बनाइरहेका छौँ, तपाईँहरू ढुक्क हुनुस् हामी ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कुनै कसर बाँकी राख्दैनौँ ।” कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले विगतमा प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बजेट विनियोेजन गर्ने आवश्वास दिए पनि सरकारको नीति तथा कार्यक्रममा समावेश नगरिएको गुनासो गर्नुभयो ।

    “मधेस प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु १० करोड बजेट दिने घोषणा गर्नुभयो, तर सरकारले न बजेट दियो न त नीति तथा कार्यक्रममै समावेश गरियो”, उहाँले भन्नुभयो, “सरकारले कम्तीमा पनि नीति तथा कार्यक्रममा समावेश गरिदिएको भए अरु ठाउँबाट पनि सहयोग आउन सक्थ्यो तर भएन, अहिलेको प्रदेश सरकारले केही गर्ला भन्ने आशा गरेका छौँ । ” सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले ठोरी आउनेमध्ये अधिकांश पर्यटक भारतबाट आउने भए पनि खर्च गर्ने उचित वातारण नहँुदा समस्या भइरहेको बताउनुभयो ।

    उहाँले कुनै एक पक्ष वा एकल प्रयासबाट ठोरीको विकास सम्भव नभएकाले सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले) ठोरीका नेता खगेन्द्र श्रेष्ठले ठोरीलाई पर्यटनसँग जोड्नका लागि उद्योग व्यवसायी सञ्चालनको वातारण बनाउन उद्योगी व्यवसायीसँग आग्रह गर्नुभयो । कार्यक्रममा उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र वीरगञ्ज उद्योग वाणिज्य स¬ङ्घका अध्यक्ष अग्रवाललगायत पदाधिकारीलाई सम्मान गरिएको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.