• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

जनप्रतिनिधिकै मिलोमतोमा अवैध उत्खनन, दुईवटा टिप्पर र एक जेसीभी प्रहरी नियन्त्रणमा

  •   मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिरहा । अवैध रुपमा ग्राभेल उत्खनन गरिरहेका बेला सशस्त्र प्रहरीले दुईवटा टिप्पर र एउटा जेसीभी नियन्त्रनमा लिएको छ । जिल्लाको नरहा गाउँपालिका–३ नेपाली सेनाको २७ नम्वर बाहिनीसँगै टाँसिएको जग्गाबाट अवैध रुपमा रातको समयमा ग्राभेल उत्खनन गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसीभी, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्बरको टिप्पर सशस्त्र प्रहरी गोलबजारको टोलीले नियन्त्रणमा लिएको हो । अवैध रुपमा उत्खन्न गरिरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले सोमबार राति करिब ११ बजेको समयमा जेसीभी र टिप्परलाई नियन्त्रनमा लिएको सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहले जानकारी दिए ।

    ‘सूचना पाउनासाथ हाम्रो टोली पुगेर टिप्पर र जेसीभी नियन्त्रणमा लियाैँ, आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिलाई पत्र पठाइएका छौँ,’ उनले भने । समन्वय समिति प्रमुख दिनेश महतोले नियन्त्रणमा लिएको जेसीभी र टिप्परलाई कानुन बमोजिम कारबाही गर्ने बताइ । उनले भने, ‘विकास निर्माणको लागि ग्राभेल आवश्यक भए पनि प्रक्रिया मिचेर अवैध रुपमा रातिको समयमा उत्खनन गर्न मिल्दैन । यस्तो कार्य जोकोहीले गरेको भए पनि गलत हो । छिटै हामी बैठक बसेर यसबारे निर्णय लिन्छौँ ।’

    यसअघि गत २९ फागुनमा समन्वय समितिले अनुगमनको क्रममा सोही ठाउँबाट तीनवटा स्काभेटर नियन्त्रणमा लिएको थियो । उनीहरुले जरिवाना रकम बुझाएर स्काभेटर फिर्ता ल्याएका थिए । खानी दर्ता, उत्खनन, भण्डारण र सञ्चालन समेतको नियमन गर्ने प्रमखु जिम्मा स्थानीय तहको भए पनि स्थानीय तह मौन देखिन्छ । उत्खनन गर्नेहरुले जनप्रतिनिधिहरुलाई पनि आर्थिक प्रभावमा पारी मनमौजी उत्खनन गरेको स्थानीयहरु बताउँछन्। पर्यावरण मासिने गरि जथाभावी रुखहरु कटान गरी ग्राभेल उत्खनन् गर्दा पनि जनप्रतिधि भने मौनता साँधेर बसेका छन् ।

    गोलबार नगरपालिका ९ र नरहा गाउँपालिका ३ बाट ४० फिटभन्दा गहिरो खाल्डो खनी अवैधरुपमा ग्राभेल निकाल्दा पनि जनप्रतिनिधि एक पटक अनुगमन गर्न समेत पुगेका छैनन् । यसले पनि उनीहरुको मिलेमत्तोको पुष्टि भएको स्थानीय युवाहरुको भनाइ छ। नरहा गाउँपालिका अध्यक्ष रामप्रमोद यादव आफ्नो पालिकाबाट उत्खनन् भएको भन्ने आफूलाई जानकारी नै नभएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रो गाउँपालिकामा अहिलेसम्म एउटा पनि खानी दर्ता छैन, मलाई ग्राभेल उत्खनन भइरहेको भन्ने जानकारी पनि छैन ।’

    प्रहरी र समन्वय समितिले पटक पटक टिप्पर र स्काभेटर नियन्त्रणमा लिँदासमेत जनप्रतिनिधि आफूलाई केही जानकारी नै नभएको बताउँछन्। वनक्षेत्रदेखि मुस्किलले २५ मिटरको दूरीबाट उत्खनन् गरी वनक्षेत्रको बाटो प्रयोग गर्दा पनि वन अधिकारी मौन बस्नुले मिलेमतो रहेको पुष्टि गर्छ। जथाभावी उत्खननका कारण वरिपरि रहेका आँपका बगैंचा र पानीका स्रोतहरु प्रभावित हुन थालेका छन् । आँपका चिचिला नअडिने र पानीका मुहान सुक्न थालेको स्थानीय किसानहरुको गुनासो छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.