• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

किसानको वर्गीकरण गर्दै पोखरा महानगर

  •   बुधबार, चैत २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो ।

    उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य गरी पाँच किसिमबाट किसानको अवस्था वर्गीकरण गरी परिचयपत्र दिन सुरु गरिएको हो । महानगरको कृषि तथा आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले सबै वडामा किसान सूचीकरण र वर्गीकरणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले वडा नं २५ हेम्जाका किसानको सूचीकरण भइसकेको बताउनुभयो ।

    “आलु महोत्सवको अवसरमा यसै हप्ता हेम्जाका किसानलाई परिचयपत्र वितरण गर्दैछौँ”, महाशाखा प्रमुख कडरियाले भन्नुभयो, “किसान वर्गीकरण र परिचयपत्र वितरण कार्यक्रम अब निरन्तर चल्छ ।”

    हेम्जाका एक हजार ८०९ किसान सूचीकृत भएका छन् । किसानको वर्गीकरणका लागि महानगरले चालु आर्थिक वर्षमा रु तीन लाख बजेट छुट्याएको छ । सो कामलाई छिटो सक्न महानगरले थप गणक पनि माग गरेको छ । महाशाखा प्रमुख कडरियाले सूचीकरण परेका किसानले मात्र महानगरबाट अनुदान र सहायता पाउने बताउनुभयो ।

    “परिचयपत्रले किसानलाई पहिचान दिन्छ, राज्यका निकायबाट सेवासुविधा पाउने आधार पनि परिचयपत्र हो”, उहाँले भन्नुभयो, “यसले वास्तविक किसान लाभान्वित हुन्छन्, अनुदान वितरणमा देखिने गरेको वेथिति पनि अन्त्य हुन्छ ।”

    वर्गीकरणका आधारमा किसानले राज्यलाई तिर्नुपर्ने करलगायतका दायित्व र पाउने सेवासुविधा निर्धारण हुनेछ । महानगरको कृषि प्रणालीमा सूचीकृत भएपछि योजना तथा कार्यक्रमका लागि हरेक पटक कागजात बुझाउनुपर्नेलगायत झन्झटबाट किसानले मुक्ति पाउने छन् ।

    व्यावसायिक कृषितर्फ प्रेरित गर्न महानगरले गत वर्ष पनि एक सय ८० सुन्तला किसानलाई परिचयपत्र वितरण गरेको थियो । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सङ्घीय कानुन स्पष्ट नहुँदा किसानको वर्गीकरणमा देशैभर अन्यौलता देखिएको बताउनुभयो ।

    “ऐन, कानुन फेरबदल भइरहने, बाझिने जस्ता कारणले पनि किसान सूचीकरण र वर्गीकरणको काम प्रभावकारी हुन सकेको छैन”, उहाँले भन्नुभयो, “केही स्थानीय तहले आफ्नै पहल र स्रोतसाधनबाट वर्गीकरणको काम गरिरहनुभएको छ, नत्र धेरै ठाउँमा यो अभियान निष्कृय छ ।”

    गण्डकी प्रदेश सरकारले पनि कृषिको व्यावसायीकरण र वास्तविक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले तीन वर्षअघि नै किसान वर्गीकरणको योजना ल्याएको थियो । तर अहिलेसम्म सो कामले गति लिन सकेको छैन ।

    भूमि नभएका श्रमजीवी किसान, साना किसान, मध्यम किसान, ठूला किसान र उद्यमी किसानका रुपमा वर्गीकरण गर्ने प्रदेश सरकारको योजना छ । भौगोलिकरुपमा देशकै ठूलो पोखरा महानगरभित्र झण्डै १५ हजार हेक्टरमा कृषि खेती हुँदै आएको छ ।

    सबैभन्दा बढी ११ हजार दुई सय हेक्टरमा धान खेती हुन्छ । पाँच हजार बढी किसान कृषिमा आबद्ध रहेको महाशाखाले जनाएको छ । सहरी क्षेत्र भएकाले कृषि उपजलाई बजार र मूल्यको समस्या छैन । महानगरले किसानले घरै बसेर सेवा लिन मिल्ने ‘पोखरा कृृषि’ मोबाइल एप्स पनि सञ्चालनमा ल्याएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.