काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९७९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३० हजार ६७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६५ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १६ हजार २५९ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ६९ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार १९० रहेका छन् । अहिले क्वारेन्टाइनमा ४ हजार ७३९ रहेका छन् । आज ९ हजार २१८ जनाको पिसिआर परिक्षण गरिएको छ ।








