• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

  •   शनिबार, चैत २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिशूली । नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो । गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका ८५ वर्षीय धामी हरिमानसिंह डङ्गोल र ८३ वर्षीया धमिनी ज्ञानुमायाँ डङ्गोल आज बिहान धरमपानी पुग्नुभएको छ ।

    भैरवी वर्षबन्धन–२०७९ को सिन्दुरे जात्राका लागि लच्याङका ३२ नोले, ६० डोकेको नेतृत्वमा स्थानीय, जात्रालु, तीर्थालु एंव सुरक्षाकर्मीसहितले जालपादेवी मन्दिर देवीघाटमा पु¥याइएको भैरवीदेवीको रथ शुक्रबार साँझ ‘फिर्ती सवार’ गराएर आज बिहानीपख धरमपानीमा पु¥याइएको छ । बिहीबार राति जालपादेवी मन्दिर पुग्नुभएका धामीसहितको लावालस्कर पनि शुक्रबार मध्यरातमा देवीघाटबाट नुवाकोटतर्फ फर्काइएको छ । देवीघाटबाट मध्यरातमा लाम बगैँचा, वाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हँुदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहनुभएको नुवाकोट दरबार मौला अमालका द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

    जालपादेवी मन्दिरमा पु¥याइएको भैरवीदेवी, अष्टमात्रिकासहितको रथयात्राको स्थानीयवासीसहित तीर्थालु, जात्रालुले शुक्रबार साँझ जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए । धामीधमिनी सहितको लावलस्कर भने मध्येरातको सङ्कटासन्न समयमा जालपादेवी मन्दिरबाट नुवाकोटतर्फ फर्काइएको छ । “उहाँ (धामी)लाई शक्ति स्वरुपमा भगवान भैरवीदेवीको प्रतीकका रुपमा गु्रजुको तान्त्रिकविधि चढाइएको हुन्छ”, उहाँले भन्नुभयो, “धामीले प्रत्यक्ष रुपमा भगवानसँग साक्षत्कारका क्रममा देवीदेवता साथमा लिएको (सल्बलाएको) हुन्छ, सोही कारण धामीलाई मध्यरातमा कोही कसैले नदेख्ने गरेर फर्काइन्छ ।”

    सिन्दुरे जात्रा सरकारी जात्राका रुपमा राष्ट्र प्रमुखको निर्देशनमा सञ्चालन हुने गर्दछ । “धामीको नियुक्ति, कपडा परिवर्तन, जात्रा सञ्चालनको धार्मिकसहितको आर्थिक व्यवस्थापन राष्ट्र प्रमुखको कार्यालयबाट हुनेछ भने सिन्दुरे जात्राको क्रममा धामीले गर्ने भविष्यवाणी गोप्य रुपमा राष्ट्रप्रमुख समक्ष पठाउनु पर्दछ”, द्धारे शाहीले भन्नुभयो, “शाक्य सम्वत १६९०÷९१ को लालमोहरअनुसार चैतशुक्ल पूर्णिमाको राति भैरवीको रथयात्रासहित जालपादेवी मन्दिरमा धामीले भोग खाएपछि भलोमन्दो जे बोल्छ सो हाम्रा हजुरमा (राष्ट्रप्रमुख) जायर गर्नु भन्ने पृथ्वीनारायण शाहबाट लालमोहर जारी भएकाले सोहीअनुसार जात्रा सञ्चालन गरिन्छ ।”

    भक्तजन तथा जात्रालु, तीर्थालुले धामी–धमिनी एवं जालपादेवी र भैरवीदेवी मन्दिरको एकै स्थानमा दर्शन गर्न पाउने अवसर हरेक वर्ष चैत शुक्ल पूर्णिमाको अवसरमा जुर्ने गरेको छ । भैरवी वर्ष बन्धनअन्तर्गत मनाइने सिन्दुरे जात्रा सरकारी जात्रा भए पनि नुवाकोटवासीले साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मानका साथ मनाउने गरेका छन् । गत फागूपुर्णिमामा लिङ्गो काटेर सुरु भएको भैरवी वर्षबन्धनको मुख्य दिन आज सिन्दुर खेलेर मनाए पनि लिङ्गो बिसर्जन लगायतका बाँकी धार्मिक विधि र प्रक्रिया दशमी (आगामी वैशाख २ गते) सम्म चल्नेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.