• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो र बर्खामा हिलाम्य

  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन् । करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने धमाधम काम भइरहेको छ । माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ ।

    दुई खण्डमा कालोपत्रका लागि २०७२÷७३ मा सम्झौता भएको थियो । हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ । बिहुँ खण्डको जिम्मा एपी एस सिएफ इसिसी जेवीले र तल्लो खण्डको जिम्मा भरत सिद्धिशाही जेवीले लिएको थियो । बिहुँ खण्डको आगामी असार ५ गते म्याद सकिँदै छ भने अक्षते खण्डको असार मसान्तसम्म छ । बिहुँ खण्डमा निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गर्दा असार मसान्तसम्म नकिनेमा स्थानीयले शङ्का व्यक्त गरेका छन् । तल्लो खण्डमा तीव्र गतिमा काम भएको हुँदा स्थानीयमा आशा पलाएको छ ।

    बागलुङदेखि खहरेसम्म केही महिना अगाडिनै कालोपत्रे भएको थियो भने अहिले खहरेदेखि अक्षतेसम्म तीव्र गतिमा काम भइरहेको छ । यस खण्डमा अहिले सडक चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ । सडक कालोपत्रे हुन लागेपछि स्थानीय हिलो र धुलोबाट मुक्त हुने बताउँछन् । एक सातासम्म सडकको धुलो घरभित्रै आउने गरेकोमा अहिले कालोपत्रे गर्न थालेपछि कम भएको बागलुङ नगरपालिका–३ खहरेका स्थानीय जङ्गबहादुर कार्कीले बताउनुभयो ।

    कार्की भन्नुहुन्छ, “आधा जीवन भारतीय सैनिकमा बिताएँ, आधा जीवन यही सडकमा पानी हाल्दाहाल्दै गयो, अब दिन दिनै उठेर सडकमा पानी लगाउनुपर्ने छैन, यो सडकले धेरैलाई सुविधा दियो तर सडक छेउछाउका क्षेत्रका मान्छेलाई साह्रै दुःख पनि भोग्नुप¥यो, करिब २५ वर्ष यो सडकमा पानी हालेरै बित्यो, पूर्व–पश्चिमबाट दैनिक दर्जनौँ गाडी धुलो उडाउँदै गुड्छन्, पानी नलगाएसम्म घर बाहिर निस्किन सकिँदैनथ्यो, अहिले धेरै सजियो भयो, धुलो पनि कम भएको छ ।”

    तल्लो खण्डमा तीव्र गतिमा काम भएपछि माथिल्लो खण्डका स्थानीयले यहाँको कामलाई तीव्रता दिन माग गरी रहेका छन् तर निर्माण कम्पनीले धिमा गतिमा काम गरेको छ । यस खण्डको ठेकेदार समय–समयमा सम्पर्कविहीन हुने गरेको छ । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक पुग्नै लाग्यो । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले अटेरी गर्दा अहिलेसम्म सडक कालेपत्रे हुन नसकेको स्थानीय वीरबहादुर विकले बताउनुभयो । विकले सडकको धुलो र हिलोले गर्दा स्थानीय बसाइँसराइ गर्न बाध्य भएको बताउनुभयो । सडक छेउका घर हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको उहाँको भनाइ छ ।

    “पहिले सडक आयो, सडयो, सडक आएपछि धेरैले सडक छेउछाउमा घर पनि बनाए तर वर्षौंसम्म सडक कालोपत्रे हुन नसक्दा विस्थापित हुन बाध्य भए, अहिले बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाटोमा पानी हाल्ने काम गर्नु पर्छ”, उहाँले भन्नुभयो, “ठेकेदारले बेला बेलामा काम गर्लाजस्तो गर्छ, तर झारा टारेजस्तो मात्रै गर्छ, हामीहरु हैरान भयौँ, यहाँको समस्या कसैले बुझेन ।”

    लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जिल्लाको दुर्गम मानिने निसीखोलामा भने दुई वर्ष अगाडिनै कालोपत्रे भइसकेको छ । घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक भने एक दशक पहिलेनै कालोपत्रे भएको थियो । उक्त खण्डमा अहिले मर्मतसम्भार कार्य हुँदैछ । जिल्ला भर अब बाँकी करिब १३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । लोकमार्गको सबै खण्ड असार मसान्तसम्म जसरी पनि सक्ने लोकमार्ग आयोजना कार्यालयले पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताउनुभयो ।

    श्रेष्ठले निर्माण कम्पनीले असार मसान्तसम्म काम नसके ठेक्का साम्झौता टोड्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बागलुङ खण्डमा पर्ने धेरै खण्डमा काम सकिसकेको छ, अब धेरै काम बाँकी छैन, असार मसान्तसम्म सबै काम ‘कम्पिलिट’ हुन्छ, यस पटक काम नसकिएपछि जसरी पनि ठेक्का रद्द हुन्छ ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.