• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘प्रसाद २’ रिलिज गर्न दिने बोर्डको निर्णयअनुसारकै अदालतको आदेश सम्मानजनक छः अध्यक्ष केसी

  •   मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं  । उच्च अदालत पाटनले नेपाली चलचित्र ‘प्रसाद २’ रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको मुद्दामा रिट निवेदक केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै अब उक्त चलचित्रको सार्वजनिक प्रदर्शन गर्ने बाटो खुलेको छ । यसअघि चैत २४ गते रिलिज तय भएको यो चलचित्र केशव पाण्डेले दायर गरेको रिटमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि रिलिज रोकिएको थियो ।

    सोमबार भएको बहसपछि उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले जारी गरेको आदेशमा निर्माण भईसकेको चलचित्रको प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टीले उपयुक्त नदेखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु पर्ने अवस्था नदेखिएको उल्लेख गरिएको छ । निवेदक पाण्डेले ‘प्रसाद २’को निर्माण इजाजत प्राप्त गरेको नदेखिएको तथा पाण्डे र सुलभ थापा प्रोडक्सन प्रा.लि.बीचको करारको सम्बन्धमा छुट्टै कानूनी उपचारको मार्ग अपनाउन सक्ने देखिएको आदेशमा लेखिएको छ ।

    चलचित्रका लागि निर्माता सुबास थापालाई झण्डै साठी लाख रुपैयाँ दिएका तर चलचित्रमा कतैपनि नाम समावेश नभएका पाण्डेलाई थापाले लगानी फिर्ता गर्दा दिएको चेक बाउन्स भएपछि बैंकिंग कसूरमा पक्राउ पुर्जी जारी भएको छ । पाण्डेले निर्माता थापा अदालतमा हाजिर नभएसम्म रिलिज रोकिपाउँ भनि चलचित्र विकास बोर्डलाई विपक्षी बनाई रिट निवेदन दिएका थिए । बोर्डको तर्फबाट अधिवक्ता ताराकुमार श्रेष्ठ र विपक्षी मध्येका एसजी फिल्मसको तर्फबाट बरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्य र चलचित्र जाँच समितिको तर्फबाट सच्च सरकारी वकिल सहायक न्यायाधिवक्ता युवराज शर्माले बहस गरेका थिए ।

    उच्च अदालतको आदेश आएपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रमा काम गर्ने हरेक श्रमजीवीको पक्षमा आदेश आएको प्रतिक्रिया दिए । ‘बोर्डले सबै पक्षलाई बिश्लेषण गरी रिलिज हुन दिने निर्णय गरेको थियो तर कसैको व्यक्तिगत हिसाबकिताबको आधारमा सयौँ श्रमजीवीले काम गरेको सिंगो चलचित्रलाई नै प्रदर्शन हुन नदिने नियत विरुद्द अदालतको आदेश सम्मानजनक छ । यसबाट आगामी दिनको लागि पनि यस प्रकारका समस्याहरु आउँदा पेश गर्ने नजीर बनेको छ,’  केसीले बताए ।

    ‘प्रसाद २’को प्रदर्शन २४ चैतमा तय भई चलचित्र ‘चलचित्र जाँच (सेन्सर) सिफारिस’ रोकिपाउँ भनि उक्त चलचित्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरुबाट बोर्डमा निवेदन परिआएकोमा सो समस्या समाधानको लागि चैत २० गते उजुरीकर्ताहरु तथा चलचित्रसँग सम्बन्धित पक्षहरुलाई बोर्डको कार्यालयमा डाकी छलफल गरिएको थियो । उक्त छलफलमा उजुरीकर्ताहरु सबै आएतापनि निर्मातामा नाम रहेका ‘सुबास थापा’को भने उपस्थिति रहेको थिएन । उक्त फिल्म चलचित्र विकास बोर्डमा नीज थापाको छोरा शुलभ थापा सञ्चालक रहेको कम्पनी ‘शुलभ थापा प्रोडक्शन प्रा.लि.’ र ज्याक श्रेष्ठ सञ्चालक रहेको कम्पनी ‘एसजि फिल्मस प्रा.लि.’को नाममा दर्ता रहेको छ । रिट निवेदक केशव पाण्डे बोर्डमा रहेका चलचित्र सम्बन्धित कुनै पनि कागजातमा फिल्म ‘प्रसाद २’को साझेदारको रुपमा रहेको देखिँदैन ।

    उक्त छलफलमा पाण्डेबाहेक उपस्थित सबैले चलचित्रलाई रिलिज हुन दिएपछि मात्र आफुले पाउनुपर्ने रकम प्राप्त हुने आधार रहेको बताएपछि सेन्सर सिफारिस दिने र विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी प्राथमिकताका आधारमा हल रिलिजबाट कलेक्सन भएको रकम लिने छलफल भएको थियो ।

    चलचित्रमा काम गरेका कसैले पनि मर्कामा पर्नु हुँदैन भन्ने उद्देश्यसहित अविभावकिय भूमिका निभाउँदै बोर्ड अध्यक्ष भुवन केसीले सेन्सर सिफारिस दिने निर्णय गरेका थिए । केसीले नेपाली चलचित्र क्षेत्रको हितको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने र समस्यालाई साझा रुपमा लिएर त्यसको समाधानतर्फ लाग्न जोड दिए ।

    छलफलमा बोर्ड अध्यक्ष भुवन केसी, चलचित्रका अर्का निर्माता सुदर्शन बस्नेत, केशव पाण्डे, निर्देशक सुदर्शन थापा, वितरकहरु गोपाल कायस्थ, करण श्रेष्ठ, गोविन्द शाही, केदार पराजुली, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदय, प्रोडक्शन कन्ट्रोलर मनोज केसी लगायतकाे उपस्थित थियाे ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.