• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गौरीगंगा गोल्डकपको उपाधि जित्ने स्टार सिटी र फोर ब्रदर्शको दाबी

  •   बुधबार, चैत २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । कैलालीको गौरीगंगा–११ स्पोर्ट्स क्लबले आयोजना गरेको तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताले बिहीबार विजेता पाउने छ । उपाधिका लागि कैलालीको स्टार सिटी क्लब र नवलपरासीको फोर ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्ने भएका छन् । स्टार सिटीले बाँकेको कोहलपुर रेसिङ सहारा क्लबको कारबाही पछि बाइ पाएर फाइनलमा स्थान बनाएको हो भने बर्दियाको नव युवा मैत्री भाव क्लबलाई पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो ।

    उपाधि भिडन्त अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘मध्यपश्चिमबाट आएर क्वाटर फाइनल, सेमी जितेर यो रमाइलो यात्रा तय गरेका छौँ,’ फोर ब्रदर्शका टिम कोच धर्मराज भुसालले भने, ‘अब फाइनल पनि जित्ने गरी रणनीति बनाइरहेका छौँ र फाइनल जित्छौँ पनि ।’ फोर ब्रदर्शका टिम कप्तान विनोद केवटले पनि उपाधि जित्ने गरी खेल्ने बताए । ‘हामी सुरुवाती १०/२५ मिनेटसम्म केही चुकेर पछि गेम राम्रो बनाउँदै आएका छौ,’ उनले भने, ‘दोस्रो खेलमा त्यो केही सुधार पनि गरेऊ ।

    साथै फिनिसिङ लाइनमा पनि केही कमजोरी भइरहेको छ । अब त्यसलाई सुधारेर उपाधि जित्नेमा विश्वस्त छौँ ।’ उनले प्रतिद्वन्द्वी टिम बलियो भए पनि आफ्ना खेलाडी प्रति आफू विश्वस्त रहेकाले उपाधि जित्ने बताए । स्टार सिटीका टिम कोच गजेन्द्र शाहीले उपाधि जित्ने गरी रणनीति बनाइएको बताए । ‘हामीले यो मैदानसँगै अन्यत्र पनि अहिलेकै सेटमा खेल खेल्दै नतिजा निकाल्दै आएका छौँ,’ उनले भने, ‘त्यसैले हामीलाई गाह्रो छैन । हामीले प्रतिद्वन्द्वी टिमको अवस्था हेरेर रणनीति तयार पारेका छौँ ।’

    स्टार सिटीका कप्तान सन्दीप कुँवरले आफू यस अघि पनि यो प्रतियोगिताका दुवै संस्करणमा सहभागी भइसकेकालाई सजिलो हुने बताए । ‘होम ग्राउन्ड, होम सपोर्टर भएर पनि खेलमा राम्रो प्रभाव पर्छ,’ उनले भने, ‘तर हामी त्यसो भनेर मात्र हैन राम्रो खेलेर नतिजा निकाल्छौ । पहिलो र दोस्रो संस्करण खेलिसकेको मैदान पनि हो र हामी यस अघि फाइनलिस्ट पनि हो । त्यसैले हामीले बलियो रहेको प्रतिद्वन्द्वीलाई जित्ने गरी खेल्छौँ ।’ पत्रकार सम्मेलनमा आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेले दुवै टिमलाई जितको शुभकामनासहित गोल्डकपका आगामी संस्करणहरू थप व्यवस्थित र परिष्कृत बनाउँदै लैजाने बताए ।

    ‘२०७४ सालबाट हामीले यस क्षेत्रका खेलाडी, यो खेल मैदान र युवाहरूको सृजनशीलताका लागि अभियान थालेर यो गोल्ड कप गर्दै आएका छौँ,’ उनले भने, ‘हाम्रो मुख्य उद्देश्य यहाँ एउटा सरकारी मापदण्ड अनुसार स्थानीय तहमा बन्नुपर्ने रङ्गशाला बनाउने हो । साथै यस क्षेत्रका खेलाडीको खेल जीवन र युवाहरूमा बढ्दो लागू औषधको विकराल स्वरूपलाई कम गर्न सकिन्छ भन्ने उद्देश्यले यसको आयोजना गर्दै आएका छौँ ।’ उनले प्रतियोगितामा सहभागिता जनाउने १० वटै टिमका खेलाडी तथा व्यवस्थापक, प्रशिक्षक र यस क्षेत्रका सम्पूर्ण प्रायोजकहरूमा धन्यवाद ज्ञापन गरे ।

    ‘सरकारी स्तरबाट खेल क्षेत्रलाई हेर्नुपर्ने नजरीया सुधार हुन सकेको छैन,’ उनले अगाडी भने, ‘तर पनि हामी यी प्रतियोगिताको व्यवस्थापनलाई बढवा दिने र खेल क्षेत्र तथा खेलाडीको जीवनस्तर उकास्ने अभियानमा अनवरत लागिरहने छौँ ।’ ‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल बिहीबार दिउँसो २ बजे सुरु हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

    साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.