• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

ज्योतिषीय नजरमा वर्ष २०८० : राजनीतिक परिवर्तनको सम्भावना

  •   शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुरेशचन्द्र रिजाल 

    राजनीति र कर्मचारीहरुका लागि वर्ष २०८० अधिक कष्टकर रहने योग रहेको छ । आम नेपाली समुदायका लागि नयाँ वर्ष भनेको सूर्यले १२ राशिको भ्रमण पूरा गरि पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाउने परम्परा रहिआएको छ ।

    नेपालमा प्रत्येक वर्ग र समुदायमा नयाँ वर्ष फरक–फरक समयमा मनाउने परम्परा रहिआएको  छ । कात्तिकदेखि वैशाख पूर्णिमासम्म विभिन्न समुदायले आआफ्नै परम्परामा नयाँ वर्ष मनाउने परम्परा रहिआएको  ।  नेवार समुदायहरुले कात्तिक महिनामा पर्ने गोवद्र्धन पूजाका दिन नयाँ वर्ष भव्य रुपमा मनाउँछन् भने अङ्ग्रेजी नयाँ वर्ष पुसको मध्यतिर नेपालसहित अन्य देशहरूमा मनाउने परम्परा रहेको छ । यसैगरी गुरुङहरूले पुस १५ गते, थारूले माघ १ गते, तामाङले माघ शुक्ल प्रतिपदामा, शेर्पाले फागुन शुक्ल प्रतिपदामा, वैदिक शास्त्रीय नियमअनुसार चैत्र शुक्ल प्रतिपदादेखि नयाँ सम्वत्सर प्रारम्भ हुनेभएकाले यसै दिनदेखि वैदिक  नयाँ वर्ष प्रारम्भ हुने शास्त्रीय नियम रहिआएको छ । 

     ‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’ यस श्लोकको आशयबमोजिम ब्रह्माजीले सृष्टिको  प्रारम्भ पनि यसैदिनबाट प्रारम्भ गर्नुभएको हो भन्ने प्रमाण पनि  यस श्लोकबाट पुष्टि हुन्छ । त्यस्तै हामीले मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ । विशेषगरी आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चीरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको धार्मिक मान्यता रहिआएको छ । विक्रम संवत् र शाके संवत्लाई आधार मानेर अंग्रेजी नयाँ वर्ष मनाउन थालिएको प्रमाणहरु पनि पर्याप्त भेटिएका छन् ।

     

    ज्योतिषीय आधारमा नयाँ वर्ष २०८०

    ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यसवर्ष पिंङ्गल नामक संवत्सर बीस २०८० भरि रहनेछ । नयाँ सम्वत्सरको फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक मात्रामा बढ्नेछ । हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आम नागरिकले कठिनाई वर्षभरि नै झेल्नुपर्ने देखिएको छ । वर्षामा एकरुपता नहुँदा कतै थोरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भोग्नुपर्ने योग रहेको छ । प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताका लागि यो बर्ष कष्टकर  रहने संवत्सरको फलमा उल्लेख गरिएको छ । 

    यस वर्ष गुरु बृहस्पतिको उदयास्तलाई विचार गर्दा देशका उच्च पदस्त कर्मचारी र राजनीतिक व्यक्तिहरुका लागि  अधिक कष्टकर रहने योग रहेको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुले  आफूअनुकुल नियम बनाउन खोज्दा सरकारले कात्तिक मसान्तसम्म निक्कै  कठिनाई पनि झेल्नुपर्नेछ । लामो समयदेखि जोखिममा रहेको सेयर बजारमा वर्षभरि उल्लेखनीय सुधार हुने छैन ।

     

    नयाँ संवत्सर प्रारम्भ हुने दिन वर्षको राजा हुने र वैशाख सङ्क्रान्तिको दिन जुनबार पर्छ, बारका अधिपति ग्रह वर्षका मन्त्री हुने शास्त्रीय नियम रहेकोले यसवर्षका राजा (शासनाध्यक्ष) बुध ग्रह वर्षभरि नै राजाको भूमिकामा रहनेछन् । वैशाख १ गते शुक्रबार परेकाले वर्षभरि शुक्र ग्रह मन्त्री पदमा आसीन हुनेछन्  । अतः राजा बुध र मन्त्री पदमा शुक्र ग्रहको वर्षभरि नै आधिपत्य रहनेछ ।

    राजा बुध र मन्त्री शुक्र ग्रह दुवै शुभग्रह भएकाले  यसवर्ष माङ्गलिक कार्यहरूमा बढोत्तरी हुनेछ । धर्म नमान्नेहरु पनि  पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन् । देशमा धार्मिक आन्दोलनको थालनी हुनेछ । खेलकुद तथा मनोरन्जनका क्षेत्रमा निकै अगाडि बढ्ने योग रहेको छ ।

    सस्येशमा चन्द्रमाको अधिकार रहने भएकोले दूध तथा तरल पदार्थमा मुल्य वृद्धि भइरहने छ । त्यस्तै धनेशमा सूर्य ग्रहको  प्रभाव वर्षभरि नै पर्नेछ । विशेषगरी लुकेर राखिएका धन र बहुमूल्य सामाग्रीहरुको खोजीमा राज्य आफै लागि पर्नेछ ।  फलेश र दुर्गेशको जिम्मेवारी देवगुरु बृहस्पतिले प्राप्त गरेका छन्, जसका कारण विशेषगरी फलफूलहरुको उत्पादन वृद्धिले गर्दा आम जनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ । 

     

    देशका लागि जगल्लग्न कुण्डलीको प्रभाव

     

    जगल्लग्नकुण्डलीमा लग्नेश तथा दशमेश बुध अष्टम स्थानमा बसी धनभावमा पूर्ण दृष्टि देख्नुलाई  शुभ मानिँदैन । आर्थिक रुपमा निकै कमजोरीको सामना गर्नुपर्ने योग रहेको । दीर्घकालिक फाइदा हुने केही ठूलठूला योजनाहरू प्रारम्भ हुनै  निकै कठिनाई हुनेछ । धार्मिक, सांस्कृतिक र पारम्परिक कर्म र अनुष्ठानमा भने उल्लेखनी वृद्धि हुनेछ । रेमिट्यान्स र वैदेशिक व्यापारिक कारोबार फस्टाउनेछ । वैदेशिकसम्बन्ध वर्षभरि  राम्रो रहनेछ । तर, अध्ययनका लागि बाहिर जानेहरुका लागि यो वर्ष सरकारले अंकुश लगाउने ग्रहयोग निर्माण भएको छ । 

     

    बुध तथा मंगल ग्रहको राशि परिवर्तन योग  तथा  सूर्य ग्रहमा ग्रहण योग बन्नु चाहिँ राजनीतिकर्मी र शासकहरूका निम्ति नकारात्मक छ । सरकारी र राजनीतिक क्षेत्रबाट भएका निर्णय कार्यान्वयन हुन कठिन हुने र गलत साबित हुने सम्भावना देखिन्छ । दलहरूका बीचमा खिचातानी यथावत् रहनेछ । नेता र प्रशासकले जनतालाई आशलाग्दो योजना, कानुन र व्यवस्था प्रदान गर्न सक्ने छैनन् । असार २५ तथा मंसिर १९ गते राजनीतिक परिवर्तनको सम्भावना रहने योग रहेकाले विशेष सावधानी अपनाउनु पर्नेछ ।

     

    नेपालको बृश्चिक राशि मान्दा वैशाख १५ गतेबाट सत्रु स्थानमा प्रवेश गर्ने बृहस्पति र कात्तिक अन्तिमसम्म राहुसँग गुरुचण्डाल योगमा पर्ने हुँदा  झिना–मसिना चुनौती र सम्भावनालाई बोकेर आगामी वर्ष २०८० ले राज्यलाई उन्नतिको नयाँ मार्ग पहिल्याउन निकै  मद्दत  गरोस् हार्दिक शुभकामना  ।

    (लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । )
     

    नेपालीको महान् पर्व बडादशैँ सुरु, आज घटस्थापना
    बडादशैं : टिकाको साइत कुन देशमा कति बजे ?
    दसैँको घटस्थापना र टिकाको साइत सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.