• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

बेहँडाबाबा धामको विकासबारे छलफल गरिरेहका छौँ : डा राणा

  •   मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम ।  नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले धनगढीको प्रसिद्ध बेहँडाबाबा धामको विकासका बारेमा छलफल गरिरहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहँडाबाबा धाम परिसरमा निर्माण भएका विभिन्न संरचनाको आज उद्घाटन गर्नुहुँदै कांग्रेसकी उहाँले यस क्षेत्रको प्रसिद्ध धामको विकास र विस्तारका बारेमा सुदूरपश्चिममा सोमबार सम्पन्न नेपाल–भारत मानसखण्ड सम्मेलनमा पनि छलफल भएको जानकारी दिनुभयो ।

    नेत्री डा राणाले मुलुकमा अर्थतन्त्रको विकासका लागि धर्म संस्कृतिको प्रवर्द्धन गरी धार्मिक पर्यटनमा जोड दिनुपर्ने धारणा पनि राख्नुभयो । “देवभूमि सुदूरपश्चिम र भारतमा थुप्रै मठमन्दिर छन्” उहाँले भन्नुभयो, “प्राचीन धर्म संस्कृति कसरी चलिरहेको छ र यसलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि सम्मेलनमा चर्चा भयो ।” गङ्गा दशहराका दिन यो मन्दिरमा लाग्ने मेलामा भारतबाट ठूलो सङ्ख्यामा आउने भक्तजन भगवान्को दर्शन तथा पूजा गरी फर्किन्छन् । सीमापारि भारतको उत्तर प्रदेशबाट आउने नागरिकले आफ्नो कुलदेवताका रूपमा बेहँडाबाबालाई पुज्ने गर्छन् ।

    यो धामको विकासका लागि प्रदेश सरकार र धनगढी उपमहानगरपालिका कार्यालयले सक्दो बजेट विनियोजन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । उपमहानगरपालिका कार्यालय र सहरी सघन विकास आयोजनाको झण्डै रु तीन करोड ३३ लाखको लागतमा यो धाम परिसरमा पर्खाल, १२÷१३ वटा चौतारो निर्माण र नजिकैको गङ्गामाताको तालसम्म पुग्ने सडकको ट्र्याक निर्माण कार्य गरिएको छ ।

    नेत्री डा राणाले आजै धनगढी उपमहानगरपालिका–८ मा सञ्चालित धनगढी नमूना प्राविधिक विद्यालय (भाषा पाठशाला) को नवनिर्मित भवनको शिला अनावरण गरी उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै आवश्यक थप पूर्वाधार जुटाउन सक्दो पहल गर्ने बताउनुभयो । विद्यालयका प्रध्यानाध्यापक लक्ष्मणदत्त भट्टले विद्यालयका समस्या र प्रगतिका बारेमा प्रकाश पार्नुभएको थियो । नेपाल सरकार र धनगढी उपमहानगरपालिकाको करिब रु छ करोड आठ लाख २० हजारको लागतमा निर्मित तीन तले उक्त भवनमा ३६ कोठा छन् ।

    कक्षा कोठाको अभावको समस्या झेलिरहेको यो विद्यालयमा नयाँ भवन निर्माणपछि पठनपाठन सहज हुने देखिएको छ । विद्यालयमा कक्षा १ देखि १२ सम्म नेपाली, अङ्ग्रेजी र सिभिल इन्जनीयरिङ विषयमा पठनपाठन हुन्छ । तत्कालीन समयमा भाषा पाठशालाको नामबाट विसं २००४ मा स्थापना भएको यो विद्यालय सम्भवतः कैलालीको पहिलो विद्यालय हो ।

    विसं २०७४ मा नेपाल सरकारबाट नमूना प्राविधिक विद्यालयका रूपमा छनोटमा परेको यो विद्यालयमा हाल एक हजार सात सय १४ छात्र छात्रा अध्ययनरत छन् । उपमहानगरपालिमा सरकारी लगानीमा प्राविधिक विषयमा पठनपाठन हुने यो विद्यालय पहिलो हो । समारोहमा प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको उपस्थिति थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.