• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो 

  •   शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्र्तगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै दुई खेल खेलेको नेपालले चार अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । खेलमा नेपालले जितको लागि दिएको तीन सय ११ रनको लक्ष्य पच्छ्याएको ओमान ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २६ रनमा समेटियो ।

    ओमानका खेलाडी अकिब इलियास क्रिजमा व्याटिङ गर्न नआई घाइते भएपछि उनी रिटायर्ट आउट भए र नेपालको जित सुनिश्चित हुन पुग्यो । ओमानको लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रनको योगदान दिए । ८४ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ६५ रन बनाएका हुन् । यसैगरी सन्दिप गौडले ४६ रनको योगदान दिए भने कस्यप प्रजापतिले २५ तथा फायज बुट्टले १९ रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान तीन÷तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवशीले एक विकेट झारे ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय १० रनको योगफल बनाएको हो । यो नेपालले एक दिवसीय खेलमा हालसम्मकै उच्च योगफल बनाएको हो । यसअघि घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा दुई सय ९७ रन थियो । नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । ६४ बल खेलेका उनले सर्वाधिक एक सय आठ रनको योगदान गरे । उनले १० छक्का र ९ चौकाको मद्दतमा एक सय आठ रनको योगदान गरेका हुन् ।

    खेलको सुरुआती समयमा उत्कृष्ट हुन नसकेको खेलमा नेपालका मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुुगेको थियो । नेपाली टोलीको स्कोर शून्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८औँ बलमा रनको खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए । पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए ।

    आरिफ २९ रन बनाउँदै आउट भएका थिए । यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका हुन । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे । बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक÷एक विकेट झारे । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।

    नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ । त्यस्तै समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाली स्पीनर सन्दीप लामिछानेले नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । उनले कम खेलमा एक सय विकेट लिने विश्वका पहिलो बलर बने । उनले ओमानका खेलाडी अदिल शफिकको विकेट लिएसँगै कम खेलमा एक सय विकेट लिने विश्वको पहिलो बलर बन्न सफल भएका हुन् ।

    उनले ४२ खेल खेलेर एक सय विकेट पूरा गरेका हुन् । त्यस्तै लामिछाने एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट खेलमा एक सय विकेट लिने नेपालको पहिलो बलरसमेत बने । अघिल्लो महिना घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिमलाई आउट गराएपछि उनको विकेटको संख्या ९९ पुगेको थियो । लामिछानेले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्धको एक दिवसीय खेलबाट डेब्यु गरेका थिए । यसअघि उक्त कीर्तिमान अफगानिस्तानको खेलाडी राशिद खानले बनाएका थिए ।

    खानले सन् २०१५ मा ४४ खेल खेलेर उक्त कीर्तिमान बनाएका थिए । कुशलको एकदिवसीय खेलमा पहिलो शतक/एकै खेलमा धेरै छक्का प्रहार गर्ने नेपालका पहिलो खेलाडी बने । बायाँ हाते नेपाली युवा ब्याटर कुशल मल्लले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन् । आजको खेलमा छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका मल्लले ५९ बलमा शतक पूरा गरेका हुन् । यसअघि नेपालका लागि पूर्वकप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् ।

    मल्लले सन् २०२० मा घरेलु मैदानमा आयोजना भएको विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका विरुद्धको खेलबाट डेब्यु गरेका थिए । त्यस्तै उनले नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितको एकै खेलमा सर्वाधिक छक्का हान्ने पहिलो खेलाडीसमेत बनेका छन् । उनले ओमानविरुद्धको खेलमा ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे । उनले एक सय आठ रनको शतकीय पारी खेलेका थिए । अन्तर्राष्ट्रिय खेलमा नेपालका अन्य कुनै ब्याटरले १० छक्का प्रहार गर्ने सकेका छैनन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले एकै खेलमा समान ९ छक्का प्रहार गरेका थिए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.