नवलपुर । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण बढेसंगै सरकारले सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी मङगलबार देखि लकडाउन गरेपछि चितबन र नवलपुर सहित देशभर आज सुनसान देखिएको छ । अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशसंगै कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । चितबन देखि नवलपुरको कावासोतीसम्म लकडाउनको प्रभाव बढ्दो देखिएको छ । मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पनि पूर्ण समर्थन देखिएको छ । सुरक्षा निकाय पनि सरकारको आदेशको पालना गराउन कडाइका साथ लागेको छ । आदेश कार्यान्वयनका लागि प्रहरीको सक्रियता पनि जुजारु देखिएको छ । सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने पनि आदेशमा संगै अत्यावश्यक बाहेकका सवारी साधनहरु चल्ने क्रम शुन्य देखिएको छ ।
केही स्थानका फोटोहरु




चितबन र नवलपुरमा लकडाउनको प्रभाव
चितबन र नवलपुरमा लकडाउनको प्रभाव
- अ
- अ
- अ








