• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पृथ्वी दिवसका अवसरमा ललितपुरमा साइकल ¥याली 

  •   शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाटन । पृथ्वी दिवसका अवसरमा आज ललितपुरमा साइकल ¥याली सम्पन्न भएको छ । नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल ¥याली गरिएको हो । साइकल ¥यालीको शुभारम्भमा धारणा राख्दै नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले यो महत्वपूर्ण कार्यक्रममार्फत नेपाली समुदायसँग सहकार्य गर्न पाएकामा निकै खुसी लागेको बताउनुभयो ।

    “नेपाल प्राकृतिक हिसाबले राम्रो देश हो, यो साइकल यात्रा कार्यक्रम गरेको राम्रो हो, वातावरण संरक्षणका लागि विश्वका सबै देशले यस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ, सबै देशका नागरिक, देश र विश्वकै वातावरणका लागि महत्वपूर्ण छ”, राजदूत थम्पसनले भन्नुभयो । उहाँले महालक्ष्मी नगरपालिका–८ को स्वास्थ्यचौकी परिसरमा वृक्षरोपणसमेत गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले साइकल ¥यालीले ‘स्मार्ट सिटी’ बनाउने महानगरको अभियानलाई सहयोग पुग्ने बताउनुभयो ।

    “ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियानअन्तर्गत नेपालमा पहिलोपटक हामीले साइकल लेन बनाएका छौँ, अहिलेसम्म हामीले ३२ दशमलव पाँच किमी साइकल लेन बनाइसकेका छौँ, साइकल ¥याली हुनु खुसीको कुरा हो”, प्रमुख महर्जनले भन्नुभयो, “साइकल चढ्नु स्वास्थ्यका लागि पनि राम्रो छ, यस्ता कार्यक्रमले हाम्रो कामलाई पनि सहयोग मिलेको छ ।” उहाँले साइकलको प्रयोगबाट पेट्रोलियम पदार्थलाई विस्थापित गर्न र आर्थिक बचतका लागि सहयोग पुग्ने बताउनुभयो ।

    अमेरिकन राजदूतावसको सहयोगमा नुसान र आइएसएसआरको संयुक्त कार्यक्रमका लागि ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले समन्वय गरेका हुन् । आज विश्वभर विभिन्न कार्यक्रमका साथ पृथ्वी दिवस मनाइँदैछ । हरेक २२ अप्रिलका दिन एक सय ९२ भन्दाबढी राष्ट्रमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरणका बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको यो एउटा महत्वपूर्ण दिवस हो । सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्तऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाका लागि एक दिनको माग गरेका थिए ।

    पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाका रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुआत गर्नुभयो । त्यस दिनदेखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभर विश्व पृथ्वी दिवस मनाउन थालिएको हो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पु¥याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.