• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक

  •   सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कर्णाली । कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो । गत पुस २८ गते कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका शर्माको नेतृत्वमा भएका उपलब्धिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

    मूलतः मन्त्रिपरिषद्को आठ बैठकबाट २७ निर्णय गरेको प्रदेश सरकारले गत वर्षको तुलनामा यस वर्षको दोस्रो चौमासिकसम्मको अवधिमा वित्तीय र भौतिक प्रगतिमा वृद्धि भएको उल्लेख गरेको छ । विसं २०७९ चैत मसान्तसम्म प्रदेश सरकारको कूल विनियोजित बजेटमध्ये चालुतर्फ ९२ दशमलव ९६ र पुँजीगततर्फ २२ दशमलव १२ प्रतिशत गरी जम्मा २६ दशमलव ४७ प्रतिशत प्रगति भएको सार्वजनिक उपलब्धिमा देखाइएको छ । कर्णाली प्रदेशमा प्रतिवर्ष दश हजार रोजगारी सिर्जना गर्ने सम्बन्धमा अध्ययन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा बनेको कार्यदलबाट प्रतिवेदन प्राप्त भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

    यसलाई कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई निर्देशित गरिनेछ”, प्रवक्ता जिसीले भन्नुभयो, “यस सम्बन्धमा तत्काल कर्णाली प्रदेशका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलनको कार्यका निम्ति सफ्टवयेर प्रणाली स्थापना गर्ने कार्य प्रारम्भ भएको छ”, उहाँका अनुसार प्रदेश सरकार स्थापना भएदेखि आर्थिक वर्ष २०७७÷०७८ सम्मको महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण हुँदा कायम भएको बेरुजु रकम कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गर्नुका साथै बेरुजु अद्यावधिक गरिएको छ ।

    यसैगरी, आर्थिक वर्ष ०८०÷०८१ का लागि स्थानीय तहमा हस्तान्तरण गरिने वित्तिय समानीकरण अनुदान र सवारी साधन कर (राजस्व बाँडफाँट)को अनुमानित विवरण स्थानीय तहलाई उपलब्ध गराइएको छ । त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट तर्जुमा समिति गठन गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रिया अघि बढाइएको कुरा सार्वजनिक उपलब्धिमा उल्लेख गरिएको छ । प्रदेश निजामती सेवाको गठन तथा सञ्चालनसम्बन्धी विधेयकको मस्यौदा तयारगरी सहमतिका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश लोक सेवा आयोगको पठाइएको छ ।

    मुगु र रुकुमपश्चिममा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको साइट कार्यालय स्थापना, प्रदेश अस्पतालको तला थप, कृषि विकास कार्यालय रुकुमको भवन तथा ऐरेनी सिँचाइ आयोजना गरी तीनवटा बहुवर्षीय आयोजना स्वीकृत गरिएको छ । सामूहिक विपद् जोखिम दुर्घटना बीमा कार्यविधि, २०७९ पारित भई कर्णाली प्रदेशमा स्थायी बसोबास भएका र अन्य प्रदेशमा स्थायी बसोबास भई कर्णाली प्रदेशभित्रका सरकारी तथा गैरसरकारी क्षेत्रको सेवामा कार्यरत १७ लाख ५० हजार नेपाली नागरिकको प्राकृतिक विपद्का कारणबाट हुने मानवीय क्षतिको सामूहिक विपद् दुर्घटना बीमा गरिएको प्रवक्ता जिसीले जनाउनुभयो ।

    मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारको एकसय दिनमा मुगुको रारा, रुकुमको खारा, कालीकोटको पिलि, पचालझरना र त्रिवेणी पाटनको पर्यापर्यटकीय पूर्वाधार विकासको लागि बहुवर्षीय आयोजना स्वीकृत भई कार्यान्वयन भइरहेको छ । त्यस्तै, दुईवटा टुर एण्ड ट्राभल एजेन्सी, दुईवटा साहसिक पर्यटन र बाह्रवटा गाइड प्रमाणीकरणलगायतका ५५बुँदे उपलब्धि सार्वजनिक गरिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.