• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि गठबन्धन दल छलफलमा

  •   बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    लुम्बिनी  ।  लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारका लागि आह्वान गरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल सरकार गठनका लागि छलफलमा जुटेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको आह्वान गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धन दल आन्तरिक छलफलमा जुटेका छन् ।

    प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० साल वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । नेकपा (एमाले) संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीले सोमबार विश्वासको मतका लागि प्रदेशसभामा गर्नुभएको प्रस्तावमा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो ।

    संविधानको धारा १८६ को उपधारा २ बमोजिम गत पुस २७ गते नेता गिरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री गिरीले सोमबार प्रदेशसभामा राख्नुभएको विश्वासको मतको प्रस्तावमा एमालेका २९ र राप्रपाका चार सांसद मात्रै पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा नेपाली कांग्रेस २७, नेकपा (माओवादी केन्द्र) ११, नागरिक उन्मुक्ति पार्टी चार, जसपा, लोसपा, जनमत तीन÷तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक÷एक, स्वतन्त्र एक गरी ५३ जना सांसदले मतदान गरेका थिए ।

    प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरीले सोही दिन प्रदेश प्रमुखलाई भेटेर संविधानको धारा १६८ उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने दाबी गर्नुभएको थियो । तर विपक्षी दलले एक महिनाअघि नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले बिहीबार अपराह्न ४ बजेसम्मका लागि दिनुभएको समयावधिमै सरकारको दाबी पेस गर्नेगरी गठबन्धन दलबीच तयारी गरिएको प्रदेशसभामा कांग्रेस प्रमुख सचेतक जन्मदेव तिमल्सेना बताउनुहुन्छ ।

    गठबन्धन दलबीच सत्ताको भागबण्डाका विषयमा विभिन्न चरणमा छलफल भए पनि अहिलेसम्म टुङ्गो लागिनसकेको तर सरकारको दाबी पेस गरिसकेपछि छलफल गरेर टुङ्गोमा पुगिने सङ्केत प्रमुख सचेतक तिमिल्सेनाले जानकारी दिनुभयो । नयाँ सरकारमा प्रमुख सत्तासाझेदार माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सरकार गठका लागि बिहीबार दाबी प्रस्तुत गरिने गठबन्धनमा रहेका सबै दलबीच सहमति भएको बताउनुभयो ।

    उहाँले सत्ता भागबण्डाका बारेमा अहिलेसम्म राजनीतिक सहमति भएका र बाँकी नयाँ सरकार गठन पछि टुङ्ग्याइनेसमेत जानकारी दिनुभयो । नयाँ सरकार गठनका लागि कांग्रेसको नेतृत्वमा जाने करिब निश्चित भएको छ । सत्तागठबन्धन दलका तर्फबाट गत चैत १२ गते कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.