चितवन :चितवनमा कोभिड १९ को महामारी रोक्न घरबाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लघंन गर्ने १९३ सवारीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको पालना गर्न पटक पटक सूचना गरेपनि अत्यावश्यक काम वाहेक पनि उल्लङ्घन गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय चितवन र उक्त माताहसत बाट विभिन्न स्थानमा नियन्त्रण लिएको प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो । आज विहान देखि मध्यान्न १२ बजे सम्म नियन्त्रणमा लिइएको सवारीहरुमा मोटरसाइकल १६८ वटा, स्कुटी १०,कार २, बलेरो २, म्याजिक १,अटो ५ ,ट्याक्टर ३, ट्रक २ गरी जम्मा १९३ वटा सवारी नियन्त्रणमा लिइएको हो ।
त्यस्तै लकडाउन उल्लघंन गर्ने १५ जना व्यक्तिलाई पनि कारवाहीका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । जसमा १४ जना पुरुष र १ जना महिला रहेकी छिन् । प्रहरीले घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको जनाएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।यता गैडाकोटमा भने हिजोको तुलनामा आज ९० प्रतिशत वढि जनता सचेत भएको र आज भीड नभएको बताउनुभयो । मध्यान्न १२ बजे सम्म दुई वटा स्कुटरको चावि नियन्त्रणमा लिइएको वाहेक अन्य कदम चाल्नु नपरेको बताउनुभयो ।
चितवनमा १९३ सवारी प्रहरीको नियन्त्रणमा
चितवनमा १९३ सवारी प्रहरीको नियन्त्रणमा
- अ
- अ
- अ








