वीरगन्ज । बारा र पर्सामा २३ कोरोना संक्रमति पुष्टि भएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार ३ सय १५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमतिमध्ये पर्साका ९ र बाराको १४ जना रहेका छन् । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ५ महिला र १८ पुरुषसहित १४ वर्षय बालकदेखि ६१ वर्षसम्मका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज स्थित रहेका नारायाणी अस्पतालका क्वाटर र वीरगंज हेल्थ केयरका दुई र दुई जना संक्रमित थपिएका छन् । सखुवा प्रसौनी २ का र पर्टेवा सुगौली २ मा एक र एक जनामा कोरोना पोजिटिभ देखिएको हो । त्यस्तै बाराको कलैया नगरपालिका विभिन्न वडा मा ६ जनामा, निजगढ नगरपालिका र इलाका प्रहरी कार्यलय निजगढमा गरी ८ जना जना संक्रमित थपिएको प्रवक्ता डा. चौरसियाले जानकारी दिए ।








