• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्दै

  •   मङ्गलबार, बैशाख २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपालगन्ज । बाँके र बर्दियामा थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको छ ।

    बाँके र बर्दियाका विभिन्न स्थानीय तहले यसको जाँच सुरु गरेपछि थालसेमियाका बिरामीको पहिचान खुल्न थालेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले जानकारी दिनुभयो ।

    जिल्लाको कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिका र राजापुर नगरपालिकामा स्क्रिनिङ परीक्षणपछि बिरामीको पहिचान भएकाले थालसेमियाका बिरामीको सङ्ख्यासमेत बढ्न थालेको फिजिसियन डा पाण्डे बताउनुहुन्छ । उहाँले थालसेमिया र सिकलसेल एनिमिया एउटा सिक्काको दुई पाटा भएको उल्लेख गर्दै केही वर्षयतादेखि भेरी अस्पतालमा निःशुल्क परीक्षण भइरहेको बताउनुभयो ।

    भेरी अस्पताल नेपालगन्जमा अहिले दैनिक थालसेमियाका बिरामी आउने गरेका छन् । उनीहरूमा जन्डिस, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आउनेलगायतका लक्षण देखिएको भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले बताउनुभयो ।

    थालसेमिया रोगका लागि रगत विशेषज्ञ नभएको उल्लेख गर्दै उहाँले फिजिसियन चिकित्सकले बिरामी हेरिरहेको बताउनुभयो । थालसेमिया सिकलसेलजस्तै रगतसँग सम्बन्धित रोग हो । सरकारले सिकलसेललाई जनस्वास्थ्यको समस्याका रूपमा परिभाषा गर्दै रु एक लाखसम्मको औषधि निःशुल्क प्रदान गर्दै आएको छ । तर थालसेमियाका बिरामीले सो सुविधा पाएका छैनन् ।

    थालसेमियाका बिरामीको उपचारमा संलग्न नवजात शिशु तथा बालरोग विशेषज्ञ डा रोमा बोराले पछिल्लो समय बालबालिकामा रगतको कमी हुने थालसेमियाजस्तो रक्तअल्पताको समस्या लिएर बिरामी आउने गरेको बताउनुभयो ।

    उहाँले अहिले करिब ६५ जना थालसेमियाबाट पीडित बालबालिका उपचारका लागि आएको र यीमध्ये करिब १४ जना नेपालगन्जका विभिन्न समुदायका रहेको जानकारी दिनुभयो । सो रोगका ८० प्रतिशत बिरामी थारू समुदायको र २० प्रतिशत अन्य समुदायको रहेको बताइएको छ । त्यसमा थारू, मुस्लिम, जनजाति, मधेसी सुमदायका रहेका छन् ।

    नेपालगन्जमा निजी क्षेत्रबाट सञ्चालित कान्ति आरोग्य अस्पतालमा आउने थाल्सेमियाका बिरामीलाई बेड चार्जदेखि चिकित्सकको शुल्क र कुरुवा बस्ने सुविधा निःशुल्करूपले उपलब्ध गराएको छ । बर्दियाका फकिरे थारूले थालसेमियका बिरामीलाई राज्यले निःशुल्क औषधि तथा उपचारको प्रबन्ध गर्न माग गर्दै रगत अभाव हुँदा खोज्न, आइरन जाँच गर्न समस्या भोगेको बताउनुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.