• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती

  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    महेन्द्रनगर ।   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उहाँकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आउनुभएको छ । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि झापासम्म पुग्ने गरेका छन् । मुक्तकमैया राना दम्पतीलाई सरकारले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । तर जग्गाबाट आम्दानी भने केही गर्न सकेका छैनन् । आर्थिक अवस्था निकै कमजोर भएपछि इन्द्र र इनावरी पछिल्लो समय अगरबत्तीको व्यापार गर्न थालेका छन् ।

    त्यसैबाट हुने आम्दानीको भरमा उनीहरुले जीविका चलाएका छन् । डाँफे अगरबत्ती उद्योगबाट अगरबत्ती लिएर बिक्री गर्न देशभर जाने गरेको इन्द्रले बताउनुभयो । “दैनिक रु चारहजारदेखि रु पाँच हजारसम्मको अगरबत्ती बिक्री हुन्छ”, महेन्द्रनगर बजारमा अगरबत्ती बिक्री गर्दैगरेको अवस्थामा भेटिनुभएका उहाँले भन्नुभयो–“आर्थिक अभावका कारण इनावरी (श्रीमती)लाई पढाउन सकिन ।” इनावरीले कक्षा १२ मा पढाइ छाडेको इन्द्र बताउनुहुन्छ । यसअघि इन्द्रले केहीवर्ष घर नजिकैको झलारी बजारमा माछाको पसलमा काम गर्नुभएको थियो ।

    त्यहाँ उहाँले माछा काटकुटको काम गर्नुहुन्थ्यो । त्यसैवापतको पारिश्रमिकबाट राना दम्पतीले घरखर्च चलाउनुभएको थियो । सुरुआतमा इनावरीले अगरबत्ती बिक्री गर्न थाल्नुभएको हो । पछि उहाँसँगै इन्द्रले पनि अगरबत्ती बिक्री गर्न थाल्नुभयो । “उद्योगले बिक्री भएको अगरबत्तीको २० प्रतिशत मुनाफा हामीलाई दिने गरेको छ”, इन्द्रले भन्नुभयो– “दिनभरी बजार र दैलोदैलोमा अगरबत्ती बिक्री गर्र्छु, साँझ नजिकैको धर्मशालामा रात कटाउने गरेको छु ।”

    धेरैले शारीरिक अशक्तता देखेरै पनि अगरबत्ती खरिद गर्ने उहाँले अनुभव सुनाउनुभयो । दृष्टिविहीन भएपनि आत्मनिर्भर बन्नकै लागि अगरबत्ती बेच्ने गरेको इन्द्रको भनाइ छ । “केही काम नगरी सुखै छैन, बाँच्नका लागि केही न केही त गर्नै प¥यो”, रानाले भन्नुभयो–“अगरबत्ती बेच्न जाँदा डो¥याउने व्यक्तिको व्यवस्था पनि उद्योगले नै गरिदिएको छ ।” महेन्द्रनगरमा भने इन्द्र आफ्ना १३ वर्षीय भतिजा आर्यनको सहारामा आउनुभएको थियो । अगरबत्ती बेच्न इन्द्र झापा, धरान, विराटनगर, काठमाडाँैं, धनकुटालगायत सहर पुगिसक्नुभएको छ ।

    हाल इनावरी अगरबत्ती बेच्न काठमाडाँै जानुभएको उहाँले बताउनुभयो । “म महेन्द्रनगर आएँ, इनावरी काठमाडौँतर्फ लागिन, म पनि छिट्टै अगरबत्ती लिएर काठमाडौँ जाँदै छु ।” राना दम्पतीको मुक्तकमैया शिविरमा सानो घर छ । घर रेखदेखको जिम्मा दुई छोरालाई लगाएर दुवैजना अगरबत्ती बिक्री गर्न देश दौडाहामा निस्कने गरेका छन् । आर्थिक अभावकै कारण दुवै छोरालाई पढाउन नसकेको उनीहरु बताउँछन् । दृष्टिविहीन दम्पतीले कुनै पनि निकायबाट हालसम्म सहयोग नपाएको गुनासो गर्नुभयो ।

    स्थानीय तहबाट आयआर्जनको काम पाउन सके सहज हुने राना दम्पती बताउँछन् । दिनभरी अगरबत्ती बिक्री गर्दा रु पाँच सयसम्म कमाउने गरेको इन्द्र बताउनुहुन्छ । “अगरबत्ती उद्योगले एक छाक खानाको खर्च दिन्छ”, उहाँले भन्नुभयो–“यसबाट जेनतेन गुजारा चलेको छ ।” एक प्याकेट अगरबत्तीको मूल्य रु ५० देखि रु एक सय ५० सम्म रहेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.