• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जङ्गली कच्चापदार्थलाई आयसँग जोड्दै व्यास नगरपालिका

  •   सोमबार, जेठ ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    डुम्रे । आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त हुनुहुन्छ तनहुँको व्यास नगरपालिका–१३ का मेनुका आले । आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उहाँले बतानुभयो । “एक महिनाको प्रशिक्षण वडा दिनेभन्दा सिक्ने समय लामो भयो भनेर बच्चा छोडेर जाँदा गाह्रो हुन्छ लागेको थियो, सिक्दै जाँदा आम्दानीसँग सीधा जोडिँदा आकर्षित ग¥यो”, उहाँले भन्नुभयो, “कहिले आफैँले च्यापेर सिक्न आउने त कहिले घरमा छाडेर आउने गरेको छु, सीप सिक्न न त उमेरले छेक्ने न त अन्य कुनै चिजले ।” बच्चा सानो भए पनि सीप सिकेँ, अब यसलाई निरन्तरता दिएर आय बढाउने सोच बनाएको उहाँको भनाइ छ ।

    “वनजङ्गलमा खेर जाने वस्तुबाट हामीले आम्दानी गर्न सक्ने रहेछौँ, तर हामी घाँस बाहेक केही होइन भन्दै बसिरहेका रहेछौँ, हामीले कमाउने वस्तुहरु कुहिएर जाने रहेछन्, अब यसलाई ल्याएर आम्दानीको स्रोत बढाउने प्रयासमा हुनेछौँ, सिकेको सीपलाई निरन्तरता दिएर आम्दानी बढाउने हो”, उहाँले भन्नुभयो । “हामीले वातावरणमा जलवायुमा प्रदूषण फैलिएको भन्ने सुनेका छौँ, यसलाई सहयोग पुग्छ भनेर थाहा पाएका छौँ, जङ्गली कच्चा पदार्थले प्रदूषण हुन पनि दिँदैन, यसको प्रयोगलाई बढाउने र हाम्रो पनि दायित्व हो वातावरण सफा बनाउने भनेर बझ्यौँ, यसले अझ आकर्षित गरेको छ”, उहाँले भन्नुभयो ।

    त्यस्तै अस्मिता परियार पनि नौ महिने काखे बच्चा च्यापेर नै सीप सिकेर आर्थिक उन्नतिमा जोडिने प्रयास हुनुहुन्छ । केही बेर सुतिहाल्छन् त्यो बेला सुतेको बखत सिक्न सजिलो हुने उहाँले बताउनुभयो । “घरमा कुरा गरेर खेर गएको समय उपयोग गर्न पाइने भएपछि सीप सिक्न आएको हो, बच्चाको पढ्ने बेलामा आफैँले आम्दानी गर्न सक्छु र खर्चको जोहो गर्ने सोच बनाएको छु”, उहाँले भन्नुभयो । त्यसैगरी सुनिता परियार पनि १६ महिने काखे बच्चा च्यापेरै सीप सिक्न लागिपर्नुभएको छ ।

    यो सीप सिकेपछि आफैँले बजार खोज्नुपर्ने बाध्यता नहुँदा काम सिक्न पनि जाँगर आएको उहाँले बताउनुभयो । “वडाध्यक्ष ज्युले हामीले बनाएका सामनको माग भइरहेको बताउनुभएको छ, धेरै ठाउँमा हामीले बनाएका सामन पुग्ने भएको छ भन्नुहुन्छ, सिक्दैमा पनि आम्दानी हुन्छ भन्नुभयो, अब हामीले बनाएका सामान पठाउने भन्नुभएको छ, अनि त्यो त हामीलाई आम्दानी भयो नि”, सुनिताले भन्नुभयो । व्यास नगरपालिका–१३ वडा कार्यालयको आयोजना र ओम राजश्री एग्रो प्रालिको प्राविधिक सहयोगमा ‘स्थानीय स्रोत र साधन, रोजगारी सिर्जनाको प्रमुख आधार’ भन्ने नाराका साथ महिलालाई प्राकृतिक रेसाजन्य वनस्पती थाकलबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने प्रशिक्षण दिएको छ ।

    जसले महिलालाई उत्साहित पनि बनाएको छ । तीस दिने प्रशिक्षणले महिलालाई आत्मनिर्भरतातर्फ अगाडि बढाउने उद्देश्यले प्रशिक्षण दिएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताउनुभयो । वनजङ्गलमा कुहिएर खेर जाने कच्चा पदार्थको उपयोग हुनुका साथै महिलालाई आम्दानीसँग जोड्ने प्रयासमा रहेको उहाँले बताउनुभयो । “विशेष गरी महिलाले निर्माण गरेका वस्तुको माग मुलुकका विभिन्न स्थानबाट माग भइरहेको छ, तर हामीले वैदेशिक मुद्रा आयात गर्ने हिसाबले विदेश निर्यातलाई जोड्ने छौँ”, वडा अध्यक्ष आलेले भन्नुभयो, “विश्वका अधिकांश देश आर्थिक सङ्कटमा पुगेको छ, यस्ता प्राकृतिक वस्तुको बिक्री वितरणले देश तथा वडामा विदेशी मुद्रा आयातमा जोड दिएका छौँ, युवाले सोचेर गरेका कामले नै आर्थिक समृद्धि सम्भव छ र गर्नुपर्छ ।”

    यहाँ उत्पादन भएका सामग्री थाकलबाट बनेका टोपा र झोलाको पोखरा, काठमाडौँ, तराई क्षेत्रलगायतका पर्यटकीय स्थानबाट माग गरिरहेका उहाँले बताउनुभयो । प्राथमिकता विदेशलाई दिए पनि उत्पादनलाई बढाउन सके स्वदेशका बजारमा पनि यहाँका सामग्री पु¥याउने जमर्कोमा जुटेका उहाँले बताउनुभयो । नगर प्रमुख वैकुण्ठ न्यौपानेले आर्थिक सङ्कटको व्यवस्थापन र पूर्तिलाई सहज बनाउन नगरपालिकाका वडामा खेर जाने कच्चा पदार्थको प्रयोगबाट उत्पादन वृद्धि गरी आर्थिक सञ्चितिमा जोड दिएको बताउनुभयो ।

    “यसले नगरपालिकाभित्र विदेशी मुद्रा आयात गर्छ, प्रथमतः सीप उपयोग गर्ने महिला आर्थिक समृद्ध हुन्छन्, त्यसपछि वडा हुँदै नगरपालिका र देश नै आर्थिक समृद्धितर्फ जानेछ, यस्ता वस्तुको उत्पादनमा जोड दिनु आवश्यक ठानेर यो प्रशिक्षण दिने सम्झौता गरेका हौँ, युवा महिलाको आकर्षणले पनि थप ऊर्जा मिलेको छ”, नगर प्रमुख न्यौपाने भन्नुभयो । “बजारीकरणको अभाव हुनेमा कुनै सङ्कोच मान्नुपर्दैन, उत्पादन तपाई गर्नुहोस् यसको बजारीकरणमा हाम्रो समन्वय रहनेछ”, उहाँले भन्नुभयो, “यो प्रशिक्षणले महिलालाई उद्यमशीतातर्फ उन्मुख बनाउनेछ, यो सीपले विदेशबाट आयातित कच्चा पदार्थ नभई स्थानीयस्तरका कच्चा पदार्थको उपयोग गरी वातावरणमैत्री बनाउन सहयोग पुगेको छ ।”

    व्यास नगरपालिकाले ५ र १३ नम्बर वडामा स्थानीय कच्चा पदार्थ प्रयोगबाट उत्पादन गर्ने प्रशिक्षण दिएर आर्थिकस्तर वृद्धिमा जोडिएका उहाँले बताउनुभयो । नगर प्रमुख न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा व्यासका अन्य वडामा पनि यस्ता प्रशिक्षण दिएर उत्पादन वृद्धि र विदेशी मुद्रा सिञ्चितिमा अगाडि बढ्ने योजना रहेको छ । वडामा हुने कच्चा पदार्थको उत्पादनअनुसार प्राथमिकता दिएर प्रशिक्षण दिई उद्यमशीलतातर्फ जोड्ने र आर्थिक वृद्धि गर्ने प्रयासमा लागिपरेको उहाँले बताउनुभयो । नगर उपप्रमुख इन्दिरा दरैले ५० प्रशिशत महिलालाई अधिकार प्राप्त भएको अवस्थामा आर्थिक समृद्धितर्फ अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।

    “महिलाबाट नै आर्थिक सशक्तीकरण जागरण गरी आर्थिक उन्नति गर्नुपर्ने उपप्रमुख दरैले भन्नुभयो, “जिम्मेवारी हाम्रो पनि छ भनेर सीपको उपयोग गरी आयस्तर वृद्धि गर्नुपर्छ ।” ओम राजश्री एग्रो प्रालिका सञ्चालक युवराज गैह्रेले महिला सशक्तीकरणका कार्यक्रम गरिए पनि आर्थिक सशक्तीकरणमा महिलालाई जोड्नबाट चुकेको बताउनुभयो । महिलाबाट नै आर्थिक सशक्तीकरण हुन सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भनेर पाँच वर्षदेखि स्थानीयस्तरमा पाइने कच्चा पदार्थको सामग्री उत्पादन र विदेशमा निर्यात गर्दै आएको उहाँले बताउनुभयो ।

    “स्थानीय कच्चा पदार्थबाट सामग्री उत्पादन हुन्छ, जसले गर्दा कच्चा पदार्थमा लगानी गर्नु पर्दैन, जङ्गलमा खेर गएका कच्चा पदार्थ उपयोग हुन्छ, आयातित कच्चा पदार्थ होइन, स्थानीयस्तरका थाकल, मकैको खोस्टा, गहुँको छ्वाली, बाँसको प्रयोगबाट प्रशिक्षण र स्रोतको पनि उपयोग गर्ने गरी सिकाइ आवश्यक भएकाले प्रशिक्षण दिँदै आएका छौँ, कम लगानीमा उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्नुपर्छ, त्यसको समन्वय गरिरहनेछु”, गैह्रेले भन्नुभयो । कच्चा पदार्थ सहजरुपमा पाइने, कच्चा पदार्थ सङ्कलन गर्ने, प्रतिक्विन्टल रु २० हजारमा बिक्री वितरण गर्न सकिने उहाँले बताउनुभयो ।

    उद्यमीलाई सहज बनाउने उद्देश्यले तनहुँमा नै सङ्कलन केन्द्र स्थापना गर्ने योजना बनाइएको उहाँले जानकारी गराउनुभयो । स्थानीयस्तरमा रहेका स्रोत र साधनको अधिकतम उपयोग गरी सङ्कटग्रस्त आर्थिक अवस्थामा उद्यमशीलतातर्फ उन्मुख हुनुपर्नेमा उहाँको जोड थियो । प्रशस्त वनजङ्गलमा रहेका कच्चा पदार्थको उपयोग हुनेछ । व्यासमा उत्पादित वस्तु थाकलबाट बनेका टोपा, झोला, पेपल, गमला, फूलदानी, ढकिया, टे«लगायतका सामग्री बनाउन सकिन्छ ।

    यस्ता सामग्री निर्माणले जङ्गलमा खेर गएका कच्चा पदार्थको मूल्य र व्यवसाय नै हुने भएको छ । थाकल, मकैको खोस्टा, गहुँको छ्वाली, बाँसबाट निर्माण गरिएका पेपल, गमला, फूलदानी, ढकिया, टे«लगायतका सजावटका सामग्री अहिले स्थानीय बजारभन्दा पनि बढी अन्तर्राष्ट्रिय बजारमा माग बढी रहेको छ । यहाँ उत्पादित वस्तु जापान, युएई (दुवाई), ट्युनिसियालगायत नेपालका पर्यटकीयस्थलबाट माग हुने गरेको छ ।

    यस्ता वस्तु उत्पादन र विदेश निर्यात गर्नसके विदेशी मुद्रा आयतमा वृद्धि हुने अपेक्षा वडा र नगरपालिकाले लिएको छ । वडामा उत्पादित सामग्रीको प्रवद्र्धनमा पनि वडा र नगरपालिकाले महत्वपूर्ण र अर्थपूर्ण भूमिका रहेको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.