• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी

  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो पेसामा आबद्ध हुनुहुन्छ । अत्यधिक माग हुन थालेपछि उहाँले व्यावसायिकरूपमा सयपत्री फूलको खेती गर्दै आउनुभएको हो ।

    रानाले स्याङ्जासहित पाल्पा, पर्वत, कास्कीलगायतका जिल्लामा वार्षिकरूपमा रु दुई लाख बराबरको सयपत्री फूल निर्यात हुने गरेको जानकारी दिनुभयो । “सिजनमा मासिक रु २० देखि ३० हजार बराबरको फूल तथा माला बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “अफसिजनमा पनि विभिन्न सङ्घसंस्थाको कार्यक्रम, पूजाआजाका लागि मासिक रु १५ देखि २० हजारको फूल तथा माला बिक्री हुने गरेको छ ।”

    सुरुमा आफ्नै घर रुपाखानीमा फूलखेती गर्नुभएका उहाँले कारोबार राम्रो भएपछि दुई वर्षयता गल्याङ नगरपालिका–३ छर्तिमा १२ रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गर्नुभएको छ । सयपत्री फूलको बजार राम्रो पाएपछि हौसिनुभएका रानाको दिनचर्या बिहान ५ बजेदेखि साँझ आँखा देखुन्जेल फूलबारीमै बित्छ ।

    परम्परागतरूपमा खेती गर्दै आए पनि व्यावसायिक र बेमौसमीरूपमा सयपत्री फूलखेती नगरेको उहाँले सामाजिक सञ्जाल र कृषि विज्ञको सल्लाहमा काम गर्न सिकेको बताउनुभयो । रुपाखानीमा खेती गर्दा परिवारको साथ पाउनुभएका उहाँले छर्तिमा भने एक्लै काम गर्नुहुन्छ ।

    “कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेतला लगाउने गरेको छु”, उहाँले भन्नुभयो, “एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन ।”

    रानाले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताउनुभयो । उहाँले अन्य जिल्लाबाट गल्याङमा सयपत्री फूल निर्यात हुने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्न व्यासायिक फूलखेती सुरु गरेको बताउनुभयो ।

    “गल्याङ नगरपालिकाका विभिन्न स्थानमा बाँदरले कृषकलाई आतङ्कित बनाएको छ”, उहाँले थप्नुभयो, “फलफूल, तरकारी खेती पनि गरेँ तर बाँदरले रहन दिएन, बाँदरले नबिगार्ने भएपछि सयपत्री फूलखेतीतर्फ आकर्षित भएको हुँ ।”

    उहाँले आफ्नो खेतमा उत्पादित फूलले बजारको माग पूरा गर्न नसकेको बताउनुभयो । गल्याङमा कृषक फूलखेतीतर्फ आकर्षित नभएकाले बजारीकरणमा समस्या नभएको दाबी गर्नुभयो । उहाँले गल्याङमा सयपत्री राम्रो उत्पादन हुने भन्दै हब नै बनाएर अन्यन्त्र जिल्लामा निर्यात गर्न सकिने जानकारी दिनुभयो ।

    “व्यवसायलाई विस्तार गर्ने योजना बनाएको छु, अहिलेसम्म कुनै पनि निकायले अनुदान दिएका छैनन्, बैंकमा ऋण खोज्दा नपाउने स्थिति छ । उहाँले दुःखेसो पोख्नुभयो, “प्रशस्त बजार भएर पनि लगानी अभावमा व्यवसाय विस्तार गर्न सकेको छैन ।”

    गल्याङ नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले चन्द्रबहादुर राना गल्याङका एकमात्र सयपत्रीको व्यावसायिक फूलखेती गर्ने कृषक भएकाले प्राविधिक सहयोगका साथै उपयुक्त सल्लाह दिने गरेको बताउनुभयो । यस्तै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रानाको गल्याङमा सफल कृषकको पहिचान भएकाले नगरपालिकाले अनुदानलगायतका कार्यक्रम सहयोग गर्ने योजना बनाएको बताउनुभयो । रानाको सयपत्रीको फूलबारीमा सर्वसाधारण फोटो खिच्न र टिकटक बनाउनसमेत पुग्ने गरेका छन् ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.