• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मौरिस हर्गोज पदमार्गको प्रवर्द्धन गर्दै अन्नपूर्ण गाउँपालिका

  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    म्याग्दी ।  म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रवर्द्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रवर्द्धनका लागि जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मीलगायतको टोलीले पैदलयात्रा थालेका हुन् । सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो ।

    हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई उहाँकै नाममा नामकरण गरिएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो मानव पाइला परेको अन्नपूर्ण जेठो हिमाल हो । मौरिसले अन्नपूर्ण आरोहण गरेको तीन वर्षपछि सन् १९५३ मे २९ तारिखमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथा पहिलो पटक आरोहण गरेका थिए । आधार शिविर पदयात्रामा जान लागेको टोलीलाई बिहीबार पोखरेबगरमा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बिदाइ गर्नुभएको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायीसहित ३० जनाको टोली नारच्याङ–छोटेपा–हुमखोला हुँदै आज बिहान आधार शिविर प्रस्थान गरेको छ । पोखरेबगरदेखि हुमखोलासम्म गाडीमार्फत गएको टोलीले त्यहाँदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरसम्म पैदलयात्रा गर्ने कार्यक्रम छ ।

    आधार शिविरमा दौड प्रतियोगिता र पर्यटन प्रवद्र्धन सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष पुनले सहजरुपमा छोटो पैदलयात्रा गरेपछि पुगिने र सुरक्षित अन्नपूर्ण आधार शिविरमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि २०७६ सालमा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो ।

    “अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग तयार भएको सन्देश प्रवाह गर्नु हाम्रो उद्देश्य हो”, अध्यक्ष पुनले भन्नुभयो, “हुमखोलादेखि एकै दिनको पैदलयात्रा गरेर आधार शिविर पुगिने पदमार्गको बारेमा जानकारी नहुँदा धेरै आरोही र पर्यटक हेलिकप्टरबाट जाने गरेका छन् ।” उपाध्यक्ष तिलिजाले मौरिसको पाइला पछ्याएर तयार पारिएको पदमार्ग सुरक्षित र सहज भएको बताउनुभयो ।

    “अन्नपूर्ण र नीलगिरि खोलाको किनारै किनार, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तु, झरनाको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “आधार शिविरमा रहेको नारच्याङ पञ्चकुण्ड तालको धार्मिक महत्व पनि छ ।” मानव बस्तीदेखि टाढा रहेको आधार शिविर जाने पदमार्गमा बाटो, पुल, आश्रयस्थल, सञ्चारलगायतका पूर्वाधार निर्माणका लागि अध्ययन थालिएको गाउँपालिकाले जनाएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.