• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

चीनले अमेरिकालाई भन्यो: ‘मानवीय नैतिकता देखाऊ,हामी सहयोग गर्न तयार छौ’

  •   बुधबार, चैत १२, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    एजेन्सी : अमेरिकामा कोरोना (कोभिड-१९) भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि चाहेको चीनले जनाएको छ। मानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न बेइजिङले अमेरिकालाई आग्रह गरेको हो तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकट गरिरहेको घृणास्पद लफ्फाजीका कारण द्विपक्षीय सहायतालाई ओझेलमा पारिदिएको चीनको विश्लेषण छ। चीनको उहानमा गत डिसेम्बरमा पहिलोपटक कोरोना संक्रमण फेला परेपछि अमेरिकाले लगातार चीनविरुद्ध खेदजनक अभिव्यक्ति दिइरहेको छ। ट्रम्प स्वयम्‌ले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै आएका छन्‌।

    अमेरिकामा यतिखेर बुलेट ट्रेनको गतिमा कोरोना संक्रमण फैलिइरहेको छ। विश्व नै कोरोना संक्रमणको चपेटामा लपेटिइरहँदा विश्वका प्रमुख दुई शक्तिशाली मुलुकबीच सहायता सम्झौता हुन सकेको छैन। अवस्था खराब हुँदै गएपछि अहिले अमेरिकामा चीन निर्मित चिकित्सकीय सामग्री, उपकरण र औषधीको ब्यापक माग भैरहेको छ।

    चीनले अमेरिकालाई सहायता सामग्री उपलब्ध गराउन चाहेपनि वासिङ्टनका राजनीतिज्ञहरूले यसलाई स्वीकार गरिरहेका छैनन्। यस्तो रवैयाका कारण अमेरिकाले कोरोना संक्रमणबाट थप क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएका छन्‌। औषधी तथा उपकरण सहायता प्रदान गर्ने मामिलालाई आफूहरूले कुटनैतिक हतियार नबनाउने तथा मानवीय सिद्धान्तका आधारमा सहायता दिन चाहेको चीनले उल्लेख गरेको छ।

    अमेरिकी अधिकारीहरूले तत्काल घृणास्पद अभिव्यक्ति दिन छाडेर कोरोनाविरुद्ध लड्न धेरै भन्दा धेरै सहायता लिन चीनले आग्रह गरेको हो। चीनबाट चिकित्सकीय सहायता लिन हिच्किचाइरहेको अमेरिकाले अहम्‌ र दम्भका कारण ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावती विज्ञहरूले दिइसकेका छन्‌।

    यही अवस्थामा पनि भेन्टिलेटर निर्माण गर्ने प्रमुख चिनियाँ कम्पनीहरूलाई अमेरिकाबाट ७ लाख ९० हजार थान भेन्टिलेटर माग भएको छ। केही चिनियाँ संस्था, अस्पताल र व्यक्तिगत तवरबाट पनि अमेरिकाका स्थानीय चिकित्सक र अस्पतालहरूलाई सहायता दिन खोजिएको छ। कोरोनाविरूद्धको लडाईंमा अनुभव हासिल गरेका चिनियाँ चिकित्सकहरूले पनि सहयोग गर्न चाहेको बताइरहेका छन्‌।

    टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले चीनबाट प्राप्त १२५५ उपकरण लस एन्जलस पठाइएको र यसले महामारीविरूद्धको लडाईंमा सहयोग पुग्ने ट्वीटरमा लेखेका छन्‌। ग्लोबल टाइम्सका अनुसार अमेरिकी स्वास्थ्य कार्यकर्ता र विशेषज्ञहरूले उपकरण एवम्‌ औषधि अभाव हटाउन दुई देशबीच राष्ट्रियस्तरमै सहायता सम्झौता हुनुपर्ने तथा उपचारका लागि आवश्यकता परिपूर्ति गर्नतर्फ ध्यान दिन आग्रह गरिरहेका छन्‌।

    आन्दोलन र चौतर्फी दबाबपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिए राजीनामा
    इरान २० वर्ष आणविक कार्यक्रम रोक्न तयार भए अमेरिका सहमत हुन्छ- ट्रम्प
    थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रा जेलबाट रिहा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.