• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना

  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जाजरकोट । जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले यहाँको जडीबुटीलाई सहजरूपमा व्यवस्थापन गर्न सहयोग पुग्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । स्थानीय पूर्वाधार कार्यक्रमको साझेदारीमा गाउँपालिकाले उक्त सङ्कलन केन्द्रको भवन निर्माण गरेको उहाँले जानकारी दिनुभयो । रु ४१ लाखमा निर्माण भएको उक्त भवनमा बारेकोटको पाटनबाट सङ्कलन गरी ल्याइएको जडीबुटी व्यवस्थापन गरिने छ ।

    जाजरकोटबाट जुम्ला जाने बाटोको बीचमा रहेको र सडकको पहुँचमा रहेका कारण जडीबुटी भण्डार गरी निर्यात गर्न सजिलो हुने अपेक्षा गाउँपालिकाले लिएको छ । जडीबुटी सबैभन्दा बढी पाइने पाटन बारेकोट –४ मा रहेका सामुदायिक वनमा रहेको वडाध्यक्ष विष्णु रावतले बताउनुभयो । तोकिएको समयभन्दा अगाडि निर्माण गरिएको उक्त भवनले बाहिरबाट आउने सङ्कलनकर्तालाई सहजता ल्याउने भएको छ । भवन नहुँदा स्थानीयवासीका घरमा जडीबुटी राख्दा चोरी हुने, मुसाले हानी पुर्याउनेदेखि कुहिने डरबाट मुक्त भएको उहाँले बताउनुभयो ।

    पच्चीस प्रकारका जडीबुटी बारेकोटमा पाउने गरेको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख राधाकृष्ण दासले बताउनुभयो । जडीबुटी उत्पादन र सङ्कलनका दृष्टिकोणले बारेकोट–४ सबैभन्दा बढी उर्वरभूमि रहेको जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा जडीबुटी सङ्कलनकर्ताबाट राजस्वस्वरुप रु ३३ लाख ७२ हजार एक सय २५ सङ्कलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको कुल भू–भागको करिब ५८ दशमलव एक सय ४५ भन्दा बढी क्षेत्रफल वन क्षेत्रले ढाकेको छ भने यहाँका नौ सय ३५ जनताको मुख्य पेसा कृषि र वन क्षेत्रसँग सम्बन्धित क्रियाकलापसँग आबद्ध रहेका छन् ।

    वन व्यवस्थापनका विभिन्न पद्धतिमध्ये यस जिल्लामा मुख्यगरी सामुदायिक वन, सरकारीद्वारा व्यवस्थित वन, कबुलियती वन तथा निजी वन व्यवस्थापन पद्धतिद्वारा वनको संरक्षण, संवद्र्धन तथा सदुपयोग हुँदै आइरहेको छ । जिल्लाको कुल वन क्षेत्रको ३८ दशमलव ४२ प्रतिशत वन क्षेत्र सामुदायिक वनका रूपमा उपभोक्ता समूह गठन गरी वन व्यवस्थापन हुँदै आइरहेको छ । समग्र जिल्लालाई वन व्यवस्थापनको हिसाबले एक डिभिजन तथा छवटा सबडिभिजन वन कार्यालयमार्फत वन व्यवस्थापन कार्य हुँदै आइरहेको छ ।

    सबैभन्दा बढी वन क्षेत्र बारेकोट गाउँपालिका (२५ दशमलव ९७प्रतिशत) तथा सबैभन्दा कम भेरी नगरपालिका (नौ दशमलव ८९ प्रतिशत)मा पर्दछ । यातायातको दृष्टिले निकै कठिन रहेको र प्राकृतिक स्रोतको हिसाबले निकै धनी जिल्लाको रुपमा रहे पनि हाल यातायातको पहुँच केही हदसम्म सहज भएको मानिन्छ । अन्य भौतिक पूर्वाधार अभावका साथै यातायात र सञ्चारको उचित विकास तथा जिल्लाको सबै क्षेत्रमा सडकमार्ग जोडिन नसकेकाले जिल्लाको विकासलाई थप कठिन बनाएको छ ।

    प्राकृतिक सम्पदा खासगरी वन जङ्गल तथा जडीबुटी जुन सम्पदा यहाँ जिल्लाको प्रमुख प्राकृतिक सम्पदाका रूपमा रहेको छ । भू–उपयोगिताअनुसार भू–क्षेत्रको प्रयोगको अभावले भू–उत्पादकत्वमा कमी, भू–क्षय, बाढी, पहिरोको प्रकोप दिनप्रतिदिन बढ्दै गई भू–क्षेत्रबाट प्राप्त हुने निरन्तरको लाभबाट बच्चित हुने अवस्था सिर्जना हुँदै गएको छ । जलवायु विविधताले प्राप्त वन, वनस्पति, जडीबुटीलगायत अन्य जीवहरूको विविधतालाई विकास गर्नु जिल्लाको कठिन भू–बनोट, भिरपहरा आदिले गर्दा अपरिहार्य रहेको छ ।

    छरिएर रहेको गाउँ बस्तीको वरिपरि रहेका वन क्षेत्रको विकास स्थानीय जनताको सहभागिताबिना सम्भव नभएकाले स्थानीय समुदायमा भएको आवश्यकता र महत्वबारे वोध गराई वन विकासकार्यमा सहभागी गराउन उत्प्रेरित गर्ने लक्ष्य लिएको बारेकोट डिभिजन प्रमख दासले बताउनुभयो । यसैबीच जाजरकोटको भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न संरचना निर्माणको काम जारी रहेको छ ।

    जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले राताचौरमा रु आठ करोडको लागतमा कार्यालय भवन र जडीबुटी प्रशोधन केन्द्रका अन्य भौतिक संरचना निर्माण गरिरहेको छ । प्रशोधन कम्पनीको कार्यालय भवनको निर्माण गर्न ज्ञान ज्योति बिल्डर्स प्रालि कोटेश्वर–१३ काठमाडौँले जिम्मा लिएको थियो । अहिले पनि भवन निर्माणको काम चलिरहेको छ । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले समग्र कर्णाली प्रदेशकै आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास लिइएको छ ।

    सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले औषधिजन्य जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको छ । कम्पनीले जाजरकोटमा जटामसी, तेजपत्ता, टिमुरलगायतका औषधिजन्य जडीबुटीको उत्पादन गर्नुका साथै प्रशोधन गरेर बजारीकरण गर्ने लक्ष्य लिएको छ ।

    वार्षिक रु १० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । वनबाट काठजन्य उद्योग सञ्चालन गरेर, जडीबुटी तथा गैरकाष्ठको व्यापार गरेर, कार्वनको कारोबार गरेर, वन्यजन्तुको पालन गरेर, पर्यापर्यटनको माध्यामबाट लाभ हासिल गर्न सकिने छ । जिल्लामा स्थापना भएको प्रशोधन कम्पनीले जिल्लामा मात्र नभएर कर्णाली प्रदेशकै आर्थिक समृद्धिमा योगदान पुग्ने जनाइएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.