• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

वर्फानी बाबा आश्रम क्षेत्र सरसफाइ

  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाइ गरिएको छ । स्थानीय युवाको सक्रियतामा शनिबार आश्रम क्षेत्रको सरसफाइ गरिएको हो । आश्रममा भारत र नेपालका भक्तजनका घुइँचो लाग्ने गरेको छ । उक्त आश्रमलाई व्यवस्थित गरी पर्यापर्यटनको विकास गर्ने उद्देश्यले सरसफाइ गरिएको सरसफाइ महाअभियानका संयोजक हेमन्त चौधरीले बताउनुभयो । उहाँले आश्रम पुग्ने सडक मर्मत गरिनुका साथै चौडा गरिएको बताउनुभयो ।

    ‘वर्फानी बाबालाई चिनाऔँ, सरसफाइ अभियानमा सहभागी बनौैँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अभियानमा सहभागीले सडकमा उम्रेका झार, काठ, सुकेका रुख हटाएको संयोजक चौधरीले जानकारी दिनुभयो । “यो आश्रम हामी स्थानीयका लागि धार्मिकसँगै पर्यटनको दृष्टिकोणले जोडिएको छ”, उहाँले भन्नुभयो, “यहाँको सबै कुरामा हामी युवाले नै ध्यान दिनुपर्ने हाम्रो कर्तव्य र जिम्मेवारी भएको हुनाले हामीले सरसफाइ अभियानलाई सुरु गरेका हौँ ।”

    सरसफाइ ‘महाअभियान’को पहिलो दिन युवाको उत्साहपूर्ण सहभागिताले अभियानलाई निरन्तरता दिन थप हौसला मिलेको बताउँदै सरसफाइ तथा सडक मर्मतलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अभियानमा देखिएको सहभागिताले असाध्यै उत्साहित भएको छु”, उहाँले भन्नुभयो, “युवाको सहभागिताले आफ्नो गाउँठाउँको धार्मिक पर्यटकीयस्थलको विकासका लागि अरुको मुख ताक्नुभन्दा आफँैले गर्न सक्ने सन्देश दिएको छ ।”

    सरसफाइ अभियानमा सहभागी हुनुभएका राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारूले वर्फानी आश्रममा धार्मिक पर्यटकको सङ्ख्या वृद्धि तथा पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले यसअघि नै शिव मन्दिर निर्माण गरेको बताउनुभयो । उहाँले धार्मिक पर्यटनले राप्तीसोनारीको आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सरसफाइ अभियानमा सहभागी राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओली (ज्ञानु)ले आश्रम क्षेत्रमा शौचालयको व्यवस्था नहुँदा दुर्गन्ध फैलिनुका साथै प्लाष्टिकको बोत्तल, गिलास, प्लेट जथाभावी फालेका कारण फोहर थुप्रिँदै गएको बताउँदै सरसफाइ गर्न आवश्यक रहेको बताउनुभयो ।

    “यो ठाउँ आस्थाको मन्दिरसँगसँगै पर्यटनसँग पनि जोडिएको हुनाले यहाँ भक्तजनसँगै पर्यटक पनि आउने भएकाले उनीहरूका लागि शौचालयको र फोहर फाल्नका लागि व्यवस्थापन नभएको हुँदा जथाभावी फोहर फाल्ने र शौच गर्ने हुनाले पनि यो क्षेत्र दुर्गन्धमय बन्दै थियो”, उहाँले भन्नुभयो, “यस विषयमा समयमै विचार नगरिएको हुन्थ्यो भने भोलिका दिनमा यहाँ दर्शन गर्न र घुम्नका लागि आउनेको भीड कम हुँदै जाने सम्भावना बढी देखिन्थ्यो ।”

    सरसफाइ अभियानमा राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ओली, ४ का वडाध्यक्ष मीनराज खड्का, ६ का वडाध्यक्ष लबराज खरेल, इलाका प्रहरी कार्यालय धामपुर, इलाका प्रहरी कार्यालय नरैनापुरको समेत सहभागिता रहेको थियो । सहभागी युवाले आश्रम क्षेत्रमा रहेका फोहर बटुलेर विसर्जन गरेका थिए ।

    कार्यक्रमका सहभागीले हातमा राष्ट्रिय झण्डासँगै, कुटो कोदालो, फरुवा, बेल्चालगायतका सामग्री लिएर आश्रम पुगेका थिए । सरसफाइपश्चात आश्रम परिसरमा रहेको शिव मन्दिरका अगाडि विशाल राष्ट्रिय झण्डा अग्लो स्थानमा गाडेर फहराएको अभियानका संयोजक चौधरीले बताउनुभयो । अभियान हरेक शनिबार हुनेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.