• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

भरतपुर अस्पतालमा बिरामीका गुनासै गुनासो!

  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा उपचार गराउन आउने बिरामीका गुनासै गुनासो रहेका छन् । अस्पताल रहेका भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनाल अस्पताल पुगेर बिरामीको गुनासो सुन्नु भएको हो । वडा अध्यक्ष खनाल समक्ष बिरामीले एउटा रोगको उपचार गर्न तीन चार दिनसम्म धाउनु पर्ने, समयमा चिकित्सक नभेटिने, भेटिएर ओपिडि चेक गरेपछि रिपोर्ट देखाउन अर्काे दिन आउनु पर्ने, लामो पालो पर्खेर पालो आउने समयमा चिकित्सक हिड्ने जस्ता समस्या रहेको गुनासो गरे ।

    उनीहरुले ओपिडिमा पालो पाईएन भनेपछि महंगो शुल्कको टिकट लिन लगाउने, ओपिडि, एक्सरे, ल्याब, काउन्टर जता गएपनि लामो लाईन बस्नुपर्ने अवस्था रहेको भनाई थियो । भरतपुर अस्पतालमा बिरामीहरुले सहज तरिकासँग उपचार पाउन मुस्किल हुने गरेको छ । अस्पतालमा समयमा डाक्टरहरु नभेटिएर तथा रिपोर्टको लागि २/३ दिनसम्म पनि पालो नआउँदा सेवाग्रहीहरुलाई सहज तरिकाले उपचार पाउन मुस्किल भएको हो ।

    भरतपुर महानगरको सामाजिक समितिमा समेत रहनु भएका वडा अध्यक्ष खनालले आफूले समस्या समाधानका लागि सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले कतिपय समस्या व्यवस्थापकीय कमजोरीका कारण देखिएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले टिकट काउन्टर थप गर्नुपर्ने टोकन प्रणाली लागू गर्नेपर्ने, चिकित्सकहरुले तोकिएको पूरा समय अस्पतालमा दिनुपर्ने बताउनुभयो ।

    महानगरको सामाजिक समितिबाट भरतपुर अस्पतालमा बिरामीलाई सहयोग गर्न चार जना कर्मचारी दिएको भन्दै उहाँले ती कर्मचारीलाई प्रशासनमा राखेर काम लगाईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालको भिड व्यवस्थापन गर्ने भनेर भरतपुर महानगरले दुई जना अस्पतालको सोधपुछ कक्षमा, जेष्ठ नागरिकको सहयोगका लागि भनेर र दुई जना टिकट काउन्टरमा सहयोग गर्ने भनेर पठाएका थियौं, तर अस्पतालको प्रशासनमा काममा लगाईएको छ ।”

    अस्पतालमा भिड व्यवस्थापनदेखि सरसफाईसम्म बेथिति रहेको भन्दै वडा अध्यक्ष खनालले प्रश्न गर्नुभयो “अध्यक्ष बस्ने कोठा मात्रै सफा गरेर त भएन नि ?” अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्टलाई सँगै राखेर १५ दिनभित्र सुधार नभए दुवैलाई हटाउन आफू मन्त्रीको डेलिगेसन जाने चेतावनी दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सुधार भएन भने अध्यक्ष र मेसु हटाउन मन्त्रीकोमा जान्छु र फाल्छु पनि भनेको छु ।”

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.