पोखरा । गण्डकीमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा चार जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तनहुँका ६, लमजुङका ३, कास्कीका ३४ र स्याङ्जाका १ जना रहेका छन् । संक्रमितमध्ये स्याङ्जा पुतलीबजारका ८० बर्षीय महिला गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत छिन् । यस्तै, पोखरा महानगरपालिका-९ का २६ बर्षीय महिला सोहि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन् । पोखरा महानगरपालिका-२५ का ८ बर्षीय बालिका र १८ बर्षीय पुरुष, लमजुङ जिल्लाका तिनैजना व्यक्तिहरु भारतबाट आएका हुन् । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएको हो ।








