चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले मलामी २५ जना भन्दा बढी नजान सर्वसाधारणलाई अनुरोध गरेको छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाँउमा भेला नहुन निर्देशन गरेकोले मलामी जानुपरेमा २५ जनाभन्दा बढी नजान आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो । ‘कतै कोही बित्नुभयो भने हामीलाई खबर गर्नुहुन्छ, हामीले त्यहीँ सुझाव दिने गरेका छौं,’ शर्माले भने ।कसैको मृत्यु भएर सागर जानुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न पनि उनले आग्रह गरे । कोरोना भाइरसको संक्रमण फैलिन नपओस् भनेर सावधानी अपनाइएकोले यसमा सचेत बन्नुपर्ने शर्माको धारणा छ । यदि कसैले प्रशासनको आग्रहलाई बेवस्ता गरे कानुन सम्बद्ध कारवाही गरिने शर्माले बताउनु भयो ।








