• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जुम्ली मामाभाञ्जीलाई अन्नपूर्ण म्याराथनको उपाधि

  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी ।  जुम्लाका धीराबहादुर बुढा र गणना भण्डारी नाताले मामाभाञ्जी हुनुहुन्छ । म्याराथनमा भविष्य बनाउन सङ्घर्षरत उहाँहरूका लागि आजको दिन सुखद् रह्यो । अन्नपूर्ण आधार शिविरबाट पर्यटकीय गाउँ घान्द्रुकसम्मको ‘अन्नपूर्ण म्याराथन’मा पुरुषतर्फको बुढाले र महिलातर्फको उपाधि भण्डारीले हात पार्नुभयो । अन्नपूर्ण आरोहण दिवसका अवसरमा आयोजित तेस्रो संस्करणको उक्त म्याराथन प्रतियोगिताबाट बुढा र भण्डारीले सफलताको अर्को सिँढी चढ्नुभयो ।

    यसअघि अल्ट्रा म्याराथनमा भाग लिँदै आउनुभएका बुढाका लागि फुल म्याराथनको यो पहिलो अनुभव हो । नेपाली सेनाका अनुभवी धावकलाई पछाडि पार्दै उहाँ उपाधि जित्न सफल हुनुभएको हो । निर्धारित ४२ दशमलव १९५ किमि दूरी बुढाले चार घण्टा १० मिनेट ५१ सेकेण्डमा पार गर्नुभएको थियो । “देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने लक्ष्य छ, अब त्यसकै अभ्यासमा लाग्छु”, बुढाले भन्नुभयो, “खेलमा लागेर विदेश भौँतारिने अवस्था नआओस्, सरकारले पनि खेलाडीलाई हेरोस् भन्न चाहन्छु ।”

    जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ की भण्डारीले मामा धीराबहादुरको साथ र हौसलाले आफू म्याराथनमा आएको बताउनुभयो । “मामाले जानुपर्छ, प्रतियोगितमा भाग लिनुपर्छ भनेपछि म यहाँ आएकी हुँ, आज धेरै खुसी छु”, उहाँले भन्नुभयो, “ज्यानकै बाजी मारेर कुद्नुपर्छ, तर सफलता हात लाग्दा त्यो सबै भुलिँदोरहेछ ।” भण्डारीले पाँच घण्टा ४३ मिनेट दुई सेकेण्डमा दूरी पार गर्नुभएको थियो । ओरालो भूभाग भएकाले पहिलेको भन्दा यसपालिको म्याराथनमा केही गाह्रो भएको भण्डारीले सुनाउनुभयो ।

    चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शनिबार बिहान ७ बजे म्याराथन सुरु भएको थियो । माछापुच्छ«े आधार शिविर, बगर, देउलारी हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्दु्रकमा आएर म्याराथन सकिएको थियो । भण्डारीले यसअघि जुम्ला र मुगुको रारातालमा भएको म्याराथनमा दोस्रो स्थान हासिल गर्नुभएको थियो ।

    १२ कक्षा उत्र्तीण उहाँले म्याराथनलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । उपाधि विजेता बुढाले नगद रु एक लाख ५० हजार र भण्डारीले रु ७५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठले चार घण्टा १२ मिनेट १९ सेकण्डमा उक्त दूरी पार गर्दै उपविजेता बन्नुभयो । तेस्रो स्थान बनाउन सफल नेपाली सेनाकै वेदबहादुर सुनवारले चार घण्टा १६ मिनेट ४८ सेकेण्डमा दूरी पार गर्र्नुभएको थियो । उपविजेता बन्न सफल श्रेष्ठले रु एक लाख र तेस्रो स्थान हासिल गर्नुहुने सुनुवारले रु ७५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

    महिलातर्फ धादिङकी रशिला तामाङले छ घण्टा पाँच मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गर्दै उपविजेता बन्नुभयो । छ घण्टा ११ मिनेट १६ सेकेण्डमा दूरी पार गर्दै ओखलढुङ्गाकी चोकी शेर्पाले तेस्रो स्थान हासिल गर्नुभयो । उपविजेता तामाङले नगद रु ५० हजार र तेस्रो स्थान बनाउन सफल शेर्पाले नगद रु २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । विजेता खेलाडीलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    म्याराथन प्रतियोगितामा पुरुषतर्फ ४२ र महिलातर्फ नौ धावकले सहभागिता जनाएका थिए । अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवसँगै म्याराथन प्रतियोगिताको आयोजना गरिएको अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताउनुभयो । गत बुधबारदेखि सुरु भएको पर्यटन महोत्सवमा भलिबल, बास्केटबललगायतका प्रतियोगिता पनि आयोजना गरिएको थियो । पछिल्ला दुई वर्ष कोभिड–१९ महामारीका कारण रोकिएको पर्यटन महोत्सव र म्याराथनलाई यो वर्षदेखि पुनः निरन्तरता दिइएको हो ।

    सन् १९५० जुन ३ तारिखमा पहिलोपटक फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेको सम्झनामा बर्सेनि जुन ३ तारिखमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.