चितवन । कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने २ सय २३ सवारी साधनलाई चितवन प्रहरीले बुधवार नियन्त्रणमा लिएको जिल्ल प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता एकनारायण कोईरालाका अनुसार १ सय ८३ वटा मोटर साईकल, २४ वटा स्कुटी, २ वटा कार , २ वटा बलेरो, ६ वटा अटो रिक्सा, ३ वटा ट्याक्टर, २ वटा ट्रक र १ म्याजिक नियन्त्रण लिएको हो । उनका अनुसार सवारी साधन चालक लाई पहिलो पटक सम्झाई बुझाई घरतर्फ नै फर्काइएको छ । बुधवार नै विभिन्न स्थानबाट अटेर गरी जवरजस्ती लकडाउन उल्लंगन गर्ने २९ जना पुरुष र १ महिला गरी ३० जनालाई प्रहरीले एक हजार जरिमाना गरी छाडेको छ ।
सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ । यो समयमा अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।








