• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द

  •   शनिबार, जेठ २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ
    गोरखा । गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ ।   गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।
    “गर्मी ह्वात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो”, उहाँले भन्नुभयो । मङ्गलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहने छन् । गर्मी बढ्दै गए  थप समयका लागि पठनपाठन बन्द गरिने नगरप्रमुख चिन्तन बताउनुहुन्छ ।
    “कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो– “यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित ठान्यौँ ।” पालुङटार क्षेत्रमा पछिल्लो समय अधिकतम तापक्रम ४० डिग्रीभन्दा बढी  पुगेको छ । पालुङटार नगरपालिका भित्र आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो ।
    तनहुँमा पनि विद्यालय बन्द  
    केहीदिन देखि बढेको अत्याधिक गर्मीपछि तनहुँका शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ ।  विद्यालयमा पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने परिस्थिति देखिएपछि पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिएको हो । विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा गर्न सकिने भनि पालिकाहरुले यसअघि नै  निर्णय गरिसकेका छन् ।
    त्यसैगरी आँबुखैरेनी गाउँपालिकाले पनि जेठ २८ गतेदेखि असार १ गतेसम्म गाउँपालिकाका सबै विद्यालयलाई बिदा दिइएको गाउँपालिकाका प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
    त्यसैगरी यसअघि जिल्लाको देवघाट गाउँपालिकाले विद्यालय बिदा गर्दै आएको छ ।
    त्यसैगरी व्यास नगरपालिका भित्रका केही विद्यालयहरुले मात्रै विद्यालय बिदा गरेका छन् । बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म आवश्यकताको महसुस गरी बिदा लिन पाउने निर्णय भए अनुरुप आवश्यकता हेरी बिदा लिने गरेका छन् ।
    व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, दमौलीका सत्यवती,निर्मल,जलदेवी लगायतका विद्यालयले बिदा गरेको जानकारी पाएको व्यास शिक्षा शाखाका प्रमुख नविन पराजुलीले जानकारी दिनुभयो ।
    शहरी क्षेत्रमा संचालित विद्यालयले गर्मीका कारण विद्यालय बिदा गरेपनि ग्रामिण क्षेत्रका विद्यालयहरुमा शीतलै वातावरण रहेको र बर्षायामको समयमा बिदा लिने गरी अहिले बिदा नगरेको जानकारी पाप्त भएको उहाँले बताउनुभयो ।
    विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी बिदा लिन पाउने गरी व्यास नगरपालिकाले यस अघि सामुदायिक र संस्थागत सबै विद्यालयहरुमा परिपत्र गरिसकेको छ ।
    आवश्यकताको महसुस गरी विद्यालयले बर्षे बिदाबाट कटौती हुने गरी बढीमा एक हप्तासम्म बिदा लिन पाउने निर्णय गरी संम्बन्धित विद्यालयलाई परिपत्र गरेको थियो ।
    बन्दीपुर गाउँपालिका क्षेत्रका अधिकाँश विद्यालय ग्रामीण क्षेत्रमा रहेको गर्मीको महसुस नगरेका कारण बिदा नगरिएको गाउँपालिकाका प्रवक्ता एवं  बन्दीपुर १ का वडाध्यक्ष शिबकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
    पृथ्वीराजमार्ग र बजार क्षेत्रका केही अभिभावकले भने विद्यालय बिदाको बिषयमा कुरा उठान गरकोले त्यसको लागि निर्णय भैनसकेको उहाँले बताउनुभयो ।
    जिल्लाको ऋषिङ्ग,घिरिङ्ग,भीमाद,भानु र म्याग्दे गाउँपालिकाका विद्यालयमा पठनपाठन सुचारु हुदै आएको छ ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.