• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बिक्दैनन् फलफूलका बिरुवा

  •   आइतबार, जेठ २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रेसुङ्गा । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उहाँ बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ । उहाँले भन्नुभयो , “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन् । ” उहाँले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ बिरुवा उत्पादन गर्दै आउनुभएको छ । विभिन्न कार्यालयले किसानलाई विभिन्न प्रकारका बिरुवा वितरण गर्दै आए पनि ती बिरुवा जिल्ला बाहिरबाट भित्रिएका छन् ।

    सदरमुकाममै नर्सरी रहे पनि उहाँ बिरुवा बिक्री नभएपछि पिरलोमा हुनुहुन्छ । कार्कीको नर्सरीमा हाल सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो, धुपी, मौसम, गुलाफ, मनकामना, श्रीखण्ड, रुद्राक्ष, स्ट्रबेरी, सुगर फ्री, अङ्गुर र तरकारीजन्य सबै बिरुवा पाइन्छन् । बिरुवाबाट वार्षिक रु सातदेखि १७ लाखसम्म आम्दानी गर्ने कार्की यस वर्ष बिरुवा बिक्री नहुने चिन्तामा हुनुहुन्छ । छपन्न वर्षीय कार्कीले बजारीकरणको ‘ग्यारेन्टी’ भएमा उत्पादन बढाउने बताउनुभयो ।

    तर बिरुवा बिक्री नभएपछि लगानी घटाउँदै गएको उहाँको गुनासो छ । “किसानलाई बिरुवा वितरण गर्ने कार्यक्रम गुल्मीमा बर्सेनि चल्छन्”, उहाँले भन्नुभयोे, “माटो सुहाउँदो बिरुवा भए पनि हाम्रो बिक्री हुन्न, बाहिरी जिल्लाबाट खरिद हुन्छ”, सामुद्रिक सतहबाट एक हजार पाँच सयको उचाइमा उत्पादित बिरुवा होचो वा अग्लो दुवै स्थानका लागि उपयुक्त हुने भए पनि बिरुवा बिक्रीमा समस्या देखिएको हो । कार्कीसँग अहिले कागती रु ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो पाँच हजार, धुपी तीन हजार र अन्य बिरुवा एक हजारभन्दा माथिका रहेका छन् ।

    उहाँले सुन्तला २३, कागती २५, टिमुर ६०, किबी एक सय ५० र अम्बा प्रतिबिरुवा रु ५० मा विक्री गर्नुुहुन्छ । उहाँले विसं २०६४ मा रु २० हजारबाट सुरु गरेको नर्सरी अहिले रु ४६ लाखको पुगेको छ । विगत १६ वर्षदेखि प्रत्येक वर्ष लगानी बढाउँदै गएका व्यवसायी कार्की बिरुवा बिक्री नहुन थालेपछि लगानी घटाउने सोचमा हुनुहुन्छ । उहाँले हाल सात रोपनी जग्गामा बिरुवा उत्पादन गरिरहनुभएको छ । यसमा दुई रोपनी निजी र पाँच रोपनी जग्गा भाडामा छन् ।

    भाडामा लिएको जग्गाको वार्षिक रु १५ हजार भाडा उहाँले तिर्दै आउनुभएको छ । कार्कीलाई श्रीमती रेनुले नर्सरीमा सघाउँदै आउनुभएको छ । नर्सरीबाट औसतमा दैनिक पाँच जनाले रोजगारी पाएका जनाइएको छ । उहाँले दुई वर्ष अगाडि एउटा टनेल घर निर्माण गर्न रेसुङ्गा नगरपालिकाबाट रु एक लाख अनुदान लिनुभएको नर्सरी सञ्चालक कार्कीले बताउनुभयो । “अनुदान नपाएको भन्ने मेरो गुनासो नै छैन”, उहाँले भन्नुभयो, “उत्पादित बिरुवाको बजार ग्यारेन्टी भए पुग्छ ।”

    उहाँ मालिका गाउँपालिका–५ छापहिलेका स्थायी बासिन्दा हुनुहुन्छ । राजनीति र कृषि पेसामा सक्रिय उहाँ विगत १६ वर्षदेखि जिल्ला सदरमुकाम तम्घासमा बस्दै आउनुभएको छ । उहाँ नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.