पोखरा: पोखरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । रुपा गाउँपालिका निवासी ५० वर्षीय एक व्यक्ति हैदराबादबाट फर्किएका थिए ।उनी १२ दिनअघि भारतबाट आएको र हिजो मंगलबारबाट क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।‘मुटुको रोगी, कलेजोमा पानी जमिराखेको ’पोखरेलले बताए ।उनलाई क्वारेन्टाइनमा राखेको र थप उपचारका लागि पश्चिमाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको अस्पताल निर्देशक अर्जुन आचार्यले बताए ।








