• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान, व्यवसायी भन्छन्- नियमित होस्

  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी  । पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ रु २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल गत पुस १७ गते धुमधामसँग उद्घाटन पनि भयो ।

    यो खुसीलाई साट्न पोखरेलीहरु विमानस्थलमा खचाखच भरिए । उनीहरुले मन फुकाएर स्वागत पनि गरे । तर विमानस्थल उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडानका लागि भने अर्को करिब ६ महिना कुर्नुपर्‍यो । उद्घाटनयता आन्तरिक उडान मात्रै भइरहेको विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान भयो । उद्घाटनमा जस्तै पोखरेलीले खुला हृदयले स्वागत गरे । चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स आज विहान ९ः०६ बजे अवतरण हुँदा ‘वाटर क्यानन सल्युट’ले स्वागत गरियो । पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा ८४ जना यात्रु बोकेर आएको १३१ सिट क्षमताको चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरु बाजागाजासहित विमानस्थल पुगेका थिए ।

    विमानका यात्रुहरुलाई पर्यटन व्यवसायीले माला र खादाले स्वागत गरे । उनीहरुलाई नेपाली ढाका टोपी लगाएर आतिथ्यता दर्शाए । यद्यपि पोखरेली र यहाँका पर्यटन व्यवसायी अझै पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ भन्नेमा ढुक्क हुन नसकेपछि आशा भने पलाएको छ । उनीहरुले ढिलै भए पनि चार्टर्ड उडान हुुनुलाई सकारात्मक सुरुवातका रुपमा । यसले छिमेकी देशमा नियमित अन्तर्राष्ट्रिय उडानको ढोका खुल्नेमा उहाँको विश्वास छ । पहिलो चार्टर्ड उडान सुरु भएको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमानस्थल निर्माणमा चीन सरकारले खेलेको भूमिकाको उच्च सम्मान गर्दै विमानस्थल निर्माणदेखि अहोरात्र खटिनेप्रति धन्यवाद व्यक्त गर्नुभयो । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा आज अन्तर्राष्ट्रिय विमान अवतरण हुनुु समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि राम्रो सुरुवात हो”, उहाँले भन्नुभयो ।

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडानपछि आगामी दिनमा यसलाई नियमित गर्नेतर्फ सम्बद्ध सरकारी निकाय लाग्न सुझाव दिनुभयो । उहाँले चिनियाँ शहर तथा प्रान्तबाट सिधा उडानका लागि हालै गरिएको संसदीय प्रतिनिधिमण्डलको भ्रमणमा सम्बद्ध अधिकारीसँग छलफल भएको बताउनुभयो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध युगौंँदेखि रहँदै आएको उल्लेख गर्दै सगरमाथालाई शान्ति र मित्रताको प्रतिकका रुपमा लिने गरिएको बताउनुभयो । राजा अंशुवर्माकी छोरी भृकुटी तिब्बती राजा स्रोङचङ गम्पोसँग बिहे गरी गएको उल्लेख गर्दै उहाँले नेपालीले चिनियाँ नागरिकलाई पाहुना मात्रै नभइ अत्यन्त नजिकको नाता सम्बन्धका रुपमा लिने गरेको बताउनुभयो ।

    नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गराइएको बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र चीनबीचको पुरानो सम्बन्धलाई अझै मजबुद बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै गण्डकी प्रदेशमा रहेको कोरला नाकालाई सहज बनाउँदै व्यापारिकसम्बन्ध बढाउन चाहेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पोखराको पर्यटकीय गतिविधि बढाउनका लागि यहाँ अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको बताउनुभयो ।

    पोखरा विमानस्थल सञ्चालनको लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालय दबाबमा परेको उहाँको भनाइ थियो । उहाँले अन्तर्राष्ट्रिय चार्टर्ड उडानले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान नियमित गर्न बल पुग्ने धारणा राख्नुभयो । रेग्मीले भन्नुभयो, “यहाँबाट नियमितरुपमा भारत तथा चीनका विभिन्न शहरमा उडानका लागि आजको उडानले सहयोग पुग्नेछ ।” पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अन्तर्राष्ट्रिय उडानका माध्यमबाट आफूहरूले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न चाहेको बताउनुभयो ।

    आगामी दिनमा चीनका विभिन्न शहरबाट पोखरामा सिधा उडान हुने विश्वास व्यक्त गर्दै उहाँले तालैतालको सुन्दर शहर पोखराको भ्रमणका लागि आग्रह गर्नुभयो । उडानलाई नियमित हुनुपर्छ : पर्यटन व्यवसायी आज भएको चार्टर्ड उडानसँगै वर्षौदेखि आँगनमा अन्तर्राष्ट्रिय उडानमार्फत विदेशी पर्यटक ओराल्ने सपना पूरा भएको पोखरेली पर्यटन व्यवसायीले बताएका छन् । उडानलाई नियमित गर्नेतर्फ लाग्नु जरुरी भएको बताउँदै व्यवसायीहरूले यसमा राज्यस्तरबाट चासो दिइनुपर्ने बताए ।

    पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले चार्टर्ड उडानले व्यवसायी उत्साहित भएको बताउँदै ढिलै भएपनि अन्तर्राष्ट्रिय उडान हुनु पोखरा र समग्र गण्डकीका लागि खुसीको खबर भएको बताउनुभयो । भण्डारीले भन्नुभयो, “सुरुआतमा चार्टर्ड उडान सञ्चालन भए पनि हामी उत्साहित छौँ । नियमित उडान गर्न ढोका खुलेको छ । पोखरामा अन्तर्राष्ट्रिय उडान भयो भन्ने सन्देश सबैतिर गएको छ । यसले अन्तर्राष्ट्रिय हवाई कम्पनीलाईसमेत ध्यान आकृष्ट गर्नेछ, नियमित उडानको ढोका खुल्ने विश्वासमा हामी छौँ ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.