• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

स्वास्थ्य मन्त्री जोशीका एक महिनामा ११ काम

  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा, ६ असार । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले एक महिनामा ११ वटा उल्लेखनीय काम गर्नुभएको छ । गत जेठ ७ गते मन्त्रीको जिम्मेवारी सम्हालेपछि उहाँले महत्वपूर्ण ११ वटा काम गर्नुभएको हो । मन्त्री जोशीले ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरुकोलाई आपतकालिन हवाई उद्धारको व्यवस्था मिलाउने कार्यविधि बनाउने पहिलो निर्णय गर्नुभएको थियो । यो निर्णयसँगै प्रदेशका ग्रामीण क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको मन्त्री जोशीले बताउनुभयो ।

    पहिलो निर्णय बमोजिमको कार्यविधि तयार भईसकेको छ । उहाँले बागमती प्रदेशभित्र रहेका विभिन्न आश्रममा आश्रय लिएका सबै आश्रितहरु, सीमान्तकृत, शारीरिक एवं मानसिक अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था गर्नुभएको छ । आर्थिक अभावमा स्वास्थ्योपचार नपाउने यस्ता वर्गले स्वास्थ्य बीमा मार्फत् अब उपचार सेवा पाउनेछन् । मन्त्री जोशीले मन्त्रालयभित्रको काम छिटो, सहज र पारदर्शीता हुने गरी व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ ।

    मन्त्रालयमा काममा ढिलासुस्ती हुने गुनासोको अन्त्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । बागमती प्रदेश भित्र संचालित सरकारी एवं निजी अस्पताललाई बिपन्न, गरिब र असाहय व्यक्तिलाई निःशुल्क स्वाथ्य सेवा दिनको लागि बेड संख्याको १० प्रतिशत छुट्टै वार्ड सञ्चालन गर्न निर्देशन जारी गर्नुभएको छ । निर्देशन बमोजिम काम भए नभएका अनुगमन गर्न समेत मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ । यही अवधिमा चितवन जिल्लाको रत्ननगर नगरपालिकामा अवस्थित प्रदेश स्तरीय बकुलर रत्ननगर अस्पतालमा आईसियू सेवा सञ्चालनमा आएको छ ।

    उक्त अस्पतालमा आईसियू सेवा सञ्चालनसँगै पूर्वी चितवनका वासिन्दा गम्भीर बिरामी पर्दा आईसियू खोज्दै भरतपुर पुग्नु पर्ने बाध्यताको अन्त्य भएको मन्त्री जोशीको भनाई छ । मन्त्री जोशीले यही अवधिमा भरतपुर अस्पतालको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, कर्मचारी, चिकित्सकसँग अन्तक्र्रिया गरी गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री जोशीको निर्देशनपछि अस्पतालमा ओपिडि सेवा दिने चिकित्सकहरुको अग्रिम नाम प्रकाशिन हुने गरेको छ भने हेल्प डेक्स सञ्चालनमा आएको छ ।

    इमर्जेन्सी सेवाग्राही लाईनमा पंखाको व्यवस्था गरिएको, रात्रीकालिन रुपमा बन्द रहेको अस्पतालभित्रको फार्मेसीहरु नियमित रुपमा संचालनमा आएका छन् । बागमती प्रदेश भित्र संचालित प्रदेश अस्पतालहरुमा आवश्यक पर्ने मेसिन उपकरणहरु खरिद प्रक्रियालाई प्रभावकारी बनाउन अस्पतालमा रहेका उपकरणहरु सञ्चालनमा रहेका वा बिग्रिएका के छन् तिनीहरुको सोही अनुसारको लगत संकलन गर्न कार्य शुरु भएको छ । लगत संकलन सम्पन्न भएपछि आवश्यकता अनुसार मर्मत वा नयाँ खरिद प्रक्रियामा लैजाने मन्त्रालयले जनाएको छ ।

    मन्त्री जोशीले हेटौंडा अस्पतालको संघीय स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग संयुक्त अनुगमन गरी सेवाग्राहीका गुनासो सुन्ने काम भएको छ । सो पश्चात् सेवाग्राहीका गुनासो सम्बोधन गर्न अस्पताल प्रशासनलाई मन्त्री जोशीले निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्री जोशीले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा लिन आएका बिरामी र बिरामीका आफन्तलाई प्रत्यक्ष भेट गर्नुभएको छ । सो क्रममा मन्त्री जोशीले अस्पतालका विभिन्न विभागहरुको अनुगमन गर्नुभयो ।

    सोही क्रममा अस्पताल प्रशासन र चिकित्सकसँग अन्तक्र्रिया गरी बिरामीको गुनासो कम हुने गरी कार्य गर्न मन्त्री जोशीले निर्देशन दिनु भएको छ । स्वास्थ्य मन्त्रालयमा प्रत्येक महिना कार्य समीक्षा बैठक बस्ने भएको छ । मन्त्री जोशीले महिनाभरी भएका प्रगति र हुन नसकेका कामहरुको समीक्षा गरी कामलाई तीब्रता दिने नीति लिनु भएको हो । यसैबीच आज मन्त्रालयमा समीक्षा सम्पन्न भएको छ । मन्त्रालयका सचिव, विभागीय प्रमुख, उच्च पदस्थ कर्मचारीसँग प्रगति समीक्षा बैठक सम्पन्न भएको हो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.