• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सरकारले भरतपुर रङ्गशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने

  •   आइतबार, असार १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  युवा तथा खेलकुदमन्त्री डिकबाहदुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८०÷८१ बजेट विनियोजन विषयक छलफलमा मन्त्री लिम्बूले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रक्रियाका अगाडि बढाएको निमार्णाधीन रङ्गशाला सरकारले स्वामित्व ग्रहण गर्ने र थप बजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाउने बताउनुभयो ।

    उहाँले विद्यालयमा अध्ययरत बालबालिकाका लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरेको बताउनुभयो । त्यसैगरी उहाँले चीनको होङझाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताको तयारीका लागि विभिन्न खेलका दुई सय ३३ जना खेलाडीलाई बन्दसत्रमा राखेर प्रशिक्षण गराइरहेको बताउनुभयो । एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ ।

    खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएका एक सय वटा खेल सङ्घलाई खेलकुद प्रतियोगिता आयोजना गर्न रु दुई लाख ५० हजार अनुदान दिने गरी बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । यसैगरी, देशका लागि पसिना बगाउने खेलाडीको वृत्ति विकास र प्रोत्साहन भत्ताका लागि के कति रकम बढाउन सकिन्छ त्यस विषयमा छलफल गरिने मन्त्री लिम्बूले उल्लेख गर्नुभयो । उहाँले खेलकुद प्रतियोगिता आयोजनाका हिसाबले सातै प्रदेशमा समान बजेट विनियोजन गर्न नसकेको स्पष्ट पार्दै कर्णाली प्रदेशमा आयोजना गरिने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

    उहाँले सभासद्हरूले पब्जी ई खेललाई समावेश गरिनुपर्ने मागलाई सम्बोधन गर्दै पब्जी खेलका लागि के कस्तो नीति बनाउन सकिन्छ त्यसका लागि विशेष छलफल गरिने बताउनुभयो । मन्त्री लिम्बूले खेलाडीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटक खेलाडीका लागि बीमाको व्यवस्था गरेको बताउनुभयो । उहाँले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइटको निर्माण कार्य आगाडि बढिसकेको भन्दै विभिन्न ठाउँमा रहेका निर्माणाधीन पूर्वाधारको विकासमा अघि बढ्ने बताउनुुभयो ।

    उहाँले कपिलवतु र प्यूठान जिल्लामा खेलकुद मन्त्रालयका तर्फबाट बजेट विनियोजन गर्न नसकेकामा क्षमा माग्दै आगामी दिनमा यसलाई पुनः विचार गर्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई रु दुई अर्ब ८७ करोड ५९ लाख रकम विनियोजन गरेको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.