काठमाडौँ । कर्णाली प्रदेश अन्तर्गतका चार जिल्ला कोरोना संक्रमणबाट मुक्त रहेका छन् । कर्णाली प्रदेशमा १० ओटा जिल्ला रहेका छन् जसअन्तर्गत कालीकोट, हुम्ला, मुगु र डोल्पा कोरोनामुक्त रहेका छन् । कर्णालीका चार जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमण देखिएको छैन् । यसअघि कालीकोटमा १ सय, हुम्लामा नौ जना, मुगुमा १३ र डोल्पाका ९ जनामा संक्रमण देखिएको थियो । अहिले सबैजना निको भएर घर फर्किसकेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य शाखाले जानकारी दिएको छ । कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १४ रहेको र त्यसमध्ये संक्रमण निको हुनेको संख्या २ हजार ६ सय ५ रहेको महाशाखाले जनाएको छ ।








