• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

‘नेपालमा देखिएको कोरोनाका तिन संक्रमित बिरामी यस्ता छन्’ : डा. शेरबहादुर पुन

  •   बिहिबार, चैत १३, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं : नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । कुन केस कस्ता देखिएका छन् ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन यसो भन्छन् :

    नेपालमा अहिलेसम्म ३ जनामा कोरोना संक्रमण देखा प¥यो । पहिलो र दोश्रो चोटी कोरोना देखा परेका भन्दा तेश्रो ब्यक्तिको केस अलिक फरक देखा परेको छ । पहिलो व्यक्ति चीनबाट आएका थिए, उनी निको भइसके । उनको खासै असर गर्ने खालको देखिएन । दोश्रो ब्यक्ती फ्रान्सबाट आएकी युवतीमा देखियो । शुरुमा उनलाई पनि लक्षण नै देखिएको थिएन् । उनी आफैँ सचेत भएर चेक गराउन आएकी हुन् । चेक गराउँदा कोरोना पोजिटिभ देखियो । उनी अहिले सामान्य अवस्थामा उपचारमा छिन् ।

    तर, यो तेस्रो केस चाहिँ अलि फरक खालको छ । यो सुरुमै लक्षण देखिएको केस हो । यसलाई हामीले कोरोनाको परीक्षण अन्तर्गत राख्दा १५ प्रतिशतको रुपमा राखेका छौैं । त्यो भनेको कोरोना लागेको ८० प्रतिशत तत्कालै निको हुन्छन्, उनीहरु १४ दिन आइसोलेसनमा मात्रै बसेपनि पुग्छ, सामान्य उपचार गर्दा निको हुन्छ ।

    अर्काे १५ प्रतिशतको राम्रोसँग उपचार गर्नुपर्छ । उपचार गर्दा सावधानी पनि अपनाउनुपर्छ । बाँकी ५ प्रतिशतको केस विश्वमा तपाईं हामीले देखेका छौं, जति प्रयत्न गर्दा पनि उपाय नै नलाग्ने खालको पनि हुन्छ । यो तेश्रो केस नेपालमा देखिएको हामीले हेर्दा १५ प्रतिशतकोमा राखेका छौं । जसको राम्रोसँग उपचार गर्नुपर्ने हुन्छ । उपचार गर्दा पनि सावधानी अपनाउनु पर्ने खालको छ । जहाँसम्म तेश्रो ब्यक्तिवाट अन्यलाई पनि संक्रमणको प्रश्न छ, त्यसमा उनको मुभमेन्टको कुरा हो । उनी कहाँ कहाँ गए ? धादिङ जाँदा के मा गए ? बसमा गएका हुन् भने त्यो बसमा यात्रा गर्नेहरुले केही नभएपनि परीक्षण गराउँदा राम्रो हुन्छ । अर्काे, उनी घरमा जाँदा परिवार बाहेक अन्यलाई भेटेका छन् भने उहाँहरुले पनि स्वास्थ्य परीक्षण गराउँदा हुन्छ । कोरोना पोजिटिभ देखिँदैमा डराउनु पर्दैन । तर, परीक्षण गराउन हिच्किचाउनु भएन ।

    उनी वैदेशिक रोजगारीबाट फर्किएका युवा हुन् । उनी धादिङका हुन् र त्यहीँबाट ल्याइएको हो । त्यहाँको अस्पतालले उपचार गर्न नसकेपछि यता रेफर गरेको रहेछ । उनी १० गते अस्पतालको आइसोलेसनमा राखिएका थिए । हिजै रिपोर्ट आएको हो, हामीले पुनः परीक्षण गरेर कन्फर्म गरेका हौं । उनको अहिले उपचार भइरहेको छ । उनलाई सुरुमै कोरोनाको लक्षण देखिएको रहेछ, खोकी लाग्ने र ज्वरो आउने ।

    त्यसपछि उनी धादिङकै घर नजिकैको अस्पतालमा पुगेको हुनुपर्छ । त्यहाँबाट रेफर गरेर आएको केस हो । अहिले उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ । खासगरी कोरोनाको ८० प्रतिशत बिरामी निको हुन्छन्, केही जटिल बाहेक अरुलाई खासै समस्या हुँदैन । सुरुमै लक्षण देखिने केस अलि जटिल खालकै हुन्छ किनभने अन्य रोग छ भने त्यसले असर गर्छ । अहिले उनलाई सावधानीपूर्वक उपचार गरिरहेका छौं ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.